काठमाडौ, धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध अख्तियारको केन्द्रीय कार्यालय टंगालमा उजुरी दिएका हुन्। चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै छानबिनको मागसहित उजुरी परेको हो। उजुरीमा […]
जनकपुरधाम। प्रदेश–२ को नाम र राजधानीको प्रस्तावमा दलहरूबीच सहमति नहुँदा प्रदेशसभाबाट पारित गराउन चाहिने दुईतिहाई मत पुर्याउन सकस हुने देखिएको छ । मधेस प्रदेशमा सहमति नभए जनकपुरधाम राजधानीको प्रस्ताव समेत प्रदेशसभाबाट फेल हुने अवस्था देखिएको छ। प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि विशेष समितिको प्रतिवेदन आज प्रदेशसभामा पेश हुने भएको छ । नाम र […]
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर भोलि सोमबारबाट कारोबारमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) र बुद्धभूमि नेपालबीच आज (पुस २ गते) आईपीओ सूचीकरण सम्झौता भएसँगै यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा भोलि (पुस ३ गते) बाट कारोबारमा आउने भएको हो। कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। […]
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि माघ ३ गते २० करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले माघ ४ गतेबाट जारी गर्न लागेको ९१ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। यो ट्रेजरी बिल आउँदो २०७९ वैशाख ६ गते परिपक्व हुनेछ। यो ट्रेजरी बिलको भोलि दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। […]
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा चार हजार ९६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यस्तै थप तीन जनाको संक्रमणबाट निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ। यस अवधिमा ४३५ जना संक्रमण मुक्त भएका छन्। आज सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको मन्त्रालयको विवरणमा उल्लेख छ। पछिल्लो २४ घण्टामा १५ हजार १३१ […]
पशुपतिनगर, इलामको सूर्योदय नगरपालिका ४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा।लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो । आगलागीबाट कारखानामा रहेको […]
काठमाडौं– सरकारले स्मार्ट लकडाउन गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय भएको छ। त्यसैगरी बैठक तथा गोष्ठी भर्चुअल रुपमा गर्नुपर्नेछ। कुनै पनि कार्यक्रम नगरी नहुने अवस्था […]
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ। बजार आज ६९ अंकको भारी बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २९२६.७४ को विन्दूमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेर ५४२.६३ को विन्दूमा पुगेको छ। कारोबार रकम झन्डै पौने १० अर्ब रुपैयाँको हाराहारीमा भएको […]
काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण भएको छ। आइतबार क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो। ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रका अनुसार च्यासलका खेलाडीमा कोरोना देखिएपछि आज हुने तय भएको नेपाल पुलिस क्लबसँगको खेल रद्द भएको छ। आज दिनको दोस्रो खेलमा च्यासल र […]
काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ। आकाशमै हवाईजहाजको ढोका खुलेपछि पुनः विमानस्थलमै फर्काइएको छ। अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले बताए। यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ। ठाकुरले भने, ‘आकाशमै जहाजको ढोका खुलेपछि काठमाडौं फर्काइएको छ। […]