काठमाडौं । भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आउँदा ग्याँसको मूल्य भने घटेर आएको छ । नेपाल आयल निगमलाई आज बिहीबार भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार डिजेल लिटरमा २ रुपैयाँ ११ पैसा र पेट्रोलमा २ रुपैयाँ ४ पैसा मूल्य बढेको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घटेर आएको छ भने […]
बिर्तामोड । यहाँका ज्येष्ठ नागरिकहरुलाई आज सम्मान गरिएको छ । ज्येष्ठ नागरिक वडा समितिको आयोजनामा बिर्तामोड १ का ९० वर्षभन्दा बढी उमेरका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा वासुदेव निरौला, बीरबहादुर चौहान, धरणीप्रसाद प्रसाई, हिमामाया प्रसाई, गंगादेवी बुढाथोकी, जानुकादेवी सेढाई, जयनारायण शिवाकोटी, लक्षिमा खरेल, ठगीमाया तामाङ र धनमाया ओझा हुन् । […]
भद्रपुर । कोशी प्रदेशमै पहिलो पटक भद्रपुमा युवा सम्मेलन सुरू भएको छ । स्थानीय विकासमा युवा सहभागिता सवल नेतृत्व विकास, प्रविधि र उद्यमशीलता भन्ने मूल नाराका साथ भद्रपुरमा प्रथम नगर सम्मेलन २०८० सुरू भएको हो । भद्रपुर नगर युवा परिषद्को आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने प्रथम युवा सम्मेलनको उद्घाटन राष्ट्रिय युवा परिषदका कार्यकारी […]
झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग विभिन्न १३ वटा माग राखेर […]
बिर्तामोड । दिनहुँ अत्यधिक गर्मी बढ्न थालेका कारण बिर्तामोड नगरपालिका क्षेत्रमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरु भोलि शुक्रबार र आइतबार विदा दिइने भएको छ । नगर शिक्षा अधिकृत उपसचिव तिलचन भण्डारीले आज सूचना प्रकाशन गरी नगरप्रमुख स्तरीय निर्णयबाट बर्खे वा हिउँदे विदाबाट कट्टा हुने गरी भोलि १८ र आइतबार २० गतेका लागि विदा दिइएको उल्लेख […]
झापा । राष्ट्रिय सभामा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले अस्तित्वमा नै नभएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेर संविधानको उल्लङ्घन गरेको जिकिर गरेका छन् । नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका दाहालले राष्ट्रपतिको सो कदमबाट संविघानको घोर उल्लङ्घन पनि भएको बताएका छन् । अस्तित्वमा नैं नभएको नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाएर वा गरेर सरकार र […]
भद्रपुर । झापामा पहिलो पटक जिल्लास्तरीय बेसबल तथा सफ्टबल संघ गठन भएको छ । भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको सो खेलसँग सम्बद्ध युवाहरुको भेलाले खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विनित बाँस्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन […]
धरमपुर (शिवसताक्षी) । नेपालको पहाडी क्षेत्रका धेरै ठाउँमा पानीको अभाव भएर त्यहाँका बासिन्दाहरु तीन–चार घण्टाको बाटो पैदल गएर खानेपानी ल्याउनु पर्ने बाध्यताका बारेमा चर्चा हुनुलाई सायदै अनौठो मान्नु पर्ला । तर तराइको समथर भूगोलमा पनि सफा खानेपानीको समस्या छ भनेको सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । सुगम जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा १ धरमपुरका स्थानीयहरु […]
बिर्तामोड । झापामा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी केन्द्रीय समितिले प्रतियोगिताको आयोजनाा गरेको हो । प्रतियोगिता यही जेठ २७ र २८ गते बिर्तामोडमा हुने एकेडेमीका उपमहासचिव तथा पूर्वप्रमुख कराते प्रशिक्षक मदन उप्रेतीले जानकारी दिए । आज बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । […]
बिर्तामोड । झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा आज साँझ इन्धन भर्ने सवारी साधनहरुमा पानी मिसावट भएको इन्धन विक्री गरेको पाइएको छ । मे १० प ८९२१ नम्बरको मोटरसाइकल चालकले इन्धन भरेर ५०० मिटर नकुद्धै इञ्जिन बन्द भएपछि ट्याङ्गी खोलेर हेदा पानीमात्र भएको बताए । उनको मोटरसाइकल पम्पमा नै […]