शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा पाँच दिवसीय आधारभूत पत्रकारिता तालिम सञ्चालन गरिएको छ । साझामञ्च मिडिया प्रालिको आयोजनामा सञ्चालन गरिएको तालिममा शिवसताक्षी नगरपालिकाका सबै वडाबाट सिफारिस भइआएका युवा विद्यार्थीको सहभागिता रहेको छ । नगरप्रमुख मेगाहाङ थोप्राको प्रमुख आतिथ्य तथा उपप्रमुख नरमाया कार्कीको विशिष्ट आतिथ्यमा मंगलबार तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन समारोहलाई सम्बोधन […]
भद्रपुर । भद्रपुरमा सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयमा नियम मिचेर मनोमानी बढेको भन्र्दै विधि प्रकृया र नियम अनुसार विद्यालय सञ्चालनको वातावरण निर्माणको माग राख्दै पूर्व जनप्रतिनिधि तथा अभिभावक नुतन पौडेलले भद्रपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । भद्रपुर ९ का पूर्व वडासदस्य समेत रहेका पौडेलले भद्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी विद्यालयहरूले सरकारले तय गरेको […]
बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम कर्पाेरेट सुपर सिक्स क्रिकेट प्रतिायोगिताको उपाधि डी–डब्ल्यु वानले जितेको छ । सोमबार भएको फाइनल खेलमा मन्त्र थकालीलाई पराजित गर्दै डी–डब्ल्यु वानले उपाधि हात पारेको हो । निर्धारित ५ ओभरको सुपर सिक्स प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको मन्त्र थकालीले ४ विकेटको क्षतिमा ६१ रन बनाएको थियो । ६२ रनको लक्ष्य पाएको […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ १५ गते हुन लागेको निर्वाचनका लागि ९ पदमा २१ जनाले आज मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक राष्ट्रवादी समूहबाट ९ जनाको सिङ्गै प्यानलले उम्मेदवारी दिएका छन् । अर्को प्यानल स्वतन्त्र प्रगतिशील समूहबाट पनि ९ जनाको नै […]
दमक । दमक नगरपालिकाले महिलाहरुका लागि नौमती बाजा बजाउने तालिम आजदेखि सुरु गरेको छ । नगरप्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले आज आयोजित विशेष कार्यक्रममा संयुक्तरुपमा तालिम उद्घाटन गरेका छन् । सो कार्यक्रममा मन्तब्य राख्दै नगरप्रमुख थापाले संस्कृतिको प्रबर्धन पनि हुने र महिलालाई आत्मनिर्भर पनि बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । पछिल्लो समय […]
बिर्तामोड । बितामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको जेठ १५ गते हुने निर्वाचनका लागि स्वतन्त्र प्रगतिशील प्यानलले उम्मेद्वार घोषणा गरेको छ । स्वतन्त्र प्रगतिशील प्यानल निर्वाचन परिचालन तथा प्रचार समितिले आज पत्रकार सम्मेलन गरी उम्मेद्वार घोषणा तथा परिचय गराएको हो । सो प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा […]
काठमाडौं । केही समयदेखि सामाजिक सञ्जालमा भाइरल ‘सिमान्त गुरुको क्लीनिक’ प्रहरीले बन्द गराएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको उन्को क्लिनिक आज शनिबार प्रहरीको अग्रसरतामा बन्द गरिएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड अनियन्त्रित भएपछि सुरक्षाका कारण बन्द गरिएको बताए । बन्द गराउनुको अन्य कुनै कारण छैन तर असाध्यै भिड […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एकीकृत नमूना कृषि फार्मलाई सरकारले अनुदानमा दिएका यन्त्र उपकरण उपयोगबारे शुक्रबार सार्वजनिक सुनवाई गरिएको छ । मेचीनगर १४ मा रहेको एकीकृत नमूना कृषि फर्ममा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा सार्वजनिक सुनवाई गरिएको हो । आफ्नो मन्तब्यमा मन्त्री सिटौलाले कुनै पनि […]
झापा । टाटा मोटर्सको नेपालका लागि एकमात्र वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नेक्सन इभी म्याक्स बिर्तामोडस्थित अलास्का अटोमोवाइलमा एक कार्यक्रम गरी आजदेखि सार्वजनिक गरेको छ । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिवद्धता अनुरुप टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको बिर्तामोडमा विक्री वितरण शुभारम्भ गरेको हो । कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन इभीको विस्तारित […]
कमल । झापाको कमल गाउँपालिकाले सामुदायिक कुकुरलाई निःशुल्क बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । गाउँपालिका भित्र रहेका सामुदायिक कुकुरका कारण धेरै समस्या उत्पन्न भएपछि त्यसको न्यूनीकरणका लागि बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरिएकोे हो । नेपाल एग्री लाईभष्टक ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा शिविर सञ्चालन […]