सूर्योदय (इलाम) । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको महिला सशक्तिकरण उपसमितिले इलामको फिक्कल माविमा किशोरीहरुको यौन तथा प्रजनन स्वस्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तिकरण उपसमितिका संयोजक हेमा सिटौलाले अध्यक्षता गरेको उक्त कार्यक्रममा प्रमुुख सहजीकरण संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरे मैनालीले गरेकी थिइन् । कार्यक्रममा किशोरी विद्यार्थीसहित उनीहरुका आमाको […]
काठमाडौं । सरकारले सहकारी सम्बद्ध कानुन सुधार गर्नका लागि कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा सहकारी मन्त्रालयका सचिव सदस्य […]
भद्रपुर । भद्रपुर १० स्थित चन्द्रगढी छेउ देउनिया खोलामा मृत्यु संस्कारका लागि व्यवस्थित घाट निर्माणको शिलान्यास गरिएको छ । चन्द्रगढी सामुदायिक वनको अगुवाइमा चन्द्रगढ मोक्षघाट नाम दिइएको शवदाह स्थलको भद्रपुरका नगरप्रमुख गणेश पोखरेलले शिलान्यास गरेका हुन् । वन समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा घाट शिलान्यास कार्यक्रम गरिएको थियो […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०/०१/२५ जिल्ला झापा मेचीनगर ५ बस्ने स्व. धनप्रसाद गिरी (सदस्य नं. ७३२) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७५ साल मंसिर १३ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर ५ […]
अर्जुनधारा । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि झापाको अर्जुनधारा ५ बाट गएका लोकप्रसाद पराजुली मृत अवस्थामा भेटिएका छन् । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि उत्तरतर्फको जङ्गलमा पराजुलीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मन्दिर दर्शन गर्न जाने क्रममा शुक्रबार बिहानको रातिदेखि बेपत्ता भएका पराजुलीको शव आज बिहान फेला परेको हो । मानसिकरुपमा सामान्य […]
जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक–कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक–कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म […]
भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को संलग्नता पाइएको हो । वैशाख २३ गते केचनाबाट तस्करी गरेर […]
बिर्तामोड । भारतको राजस्थानमा रहेको डुण्डलोड शिक्षण संस्थाले नेपाली विद्यार्थीहरुको भर्ना अपेक्षासहित प्रचार अभियान चलाएको छ । हालसम्म नेपाली विद्यार्थीका रुपमा बिर्तामोडकी एक बालिकामात्र अध्ययन गर्ने सो स्कूलले गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट गन्तब्य भन्दै नेपालबाट अध्ययनका लागि विद्यार्थीहरुलाई आह््वान गरेको हो । स्कूल ब्यवस्थापनले सोमबार झापाको बिर्तामोडमा पत्रकार भेटघाट गरेर नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृत्तिसमेत […]
केही दिन अघि नारी संचार गृहको नयाँ कार्यसमितिलाई आदर्श स्कूल अफ होटल म्याानेजमेन्टबाट खाजाको लागि अफर आएको थियो । अध्यक्ष रेजिना गौतमले सो बारेमा हामीलाई जानकारी गराउँदै सबैजना २ बजे त्यहाँ पुग्ने निधो भयो । सो स्कूलमा मार्केटिङ डिपार्टमेन्टको जिम्मेवारी लिनुभएका पत्रकारहरुका नजिकका साथी दिपक दासको निम्तोलाई अस्वीकार गर्ने कुरा पनि थिएन । पुरानो यातायात […]
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो । परिषदका सदस्य कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कामु प्रधानन्यायाधीश कार्कीलाई नै प्रधानन्याधीश सिफरिस गरेको बताए । कार्कीको संसदीय सुनुवाइ पछि राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । चोलेन्द्रशमशेर जबरा विरुद्ध महाअभियोग […]