काठमाडौं । राजस्व असुली कम भएर राज्यको ढुकुटीमा प्रेसर पर्न थालेपछि शिक्षकहरूको पेन्सन रोकिएको छ । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएकाले पेन्सन भुक्तानी भएको छैन । अहिले पेन्सनधारी शिक्षकहरूको संख्या ५१ हजार ३०८ छ, त्यसमध्ये करिब ३० हजार शिक्षकले चैतको पेन्सन पाएका छैनन् । राजस्व असुली कम भएकाले अर्थ मन्त्रालयले पेन्सन बापतको रकम निकासामा ढिलाइ गरेको […]
झापा । कोशी प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलबाट गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भइरहेको प्रतियोगिताको आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताएका छन् । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान […]
विराटनगर । नेपाली कांग्रेस र एकीकृत समाजवादीले कोशी प्रदेश सरकार छाड्न माओवादीलाई दबाव दिएका छन् । राष्ट्रपति निर्वाचन (२५ फागुन)सँगै संघमा १० दलको नयाँ गठबन्धन बनेको छ भने प्रदेशहरुमा पनि समीकरण फेरिएको छ । कर्णाली, बाग्मती र मधेशमा एमाले सरकारबाट बाहिरिसक्यो भने एमालेले नेतृत्व गरेको गण्डकी प्रदेश सरकार आइतबार र लुम्बिनी प्रदेश सरकार सोमबार मात्र […]
बारा । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनाका बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०८०।१।११ यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) द्वारा सञ्चालित एनएमसी चिया उद्योगलाई तयारी चिया खरिद गर्नुपर्ने भएको हुँदा तयारी चिया बिक्री गर्न चाहने इच्छुक उद्योग, उत्पादक फर्म र चिया उत्पादक सहकारी संस्थासँग निम्न अनुसारको शर्त […]
तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १५ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा भट्टराईले २० हजार १२२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा […]
उपनिर्वाचनको मतगणना जारीः सोमबार बेलुका ९ः३० बजेसम्मको अपडेट यस्तो छ ………
बिर्तामोड । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दशनामीहरुका कूलगुरु शंकराचार्यको १२३५औं जन्मजयन्ती मनाएको छ । नगर समितिले सोमबार बिर्तामोडमा कूलगुरु शंकराचार्यको तस्वीरमा फूलगुच्छा अर्पण गरेर जन्मजयन्ती मनाएको हो । सो कार्यक्रमका बीच नगर समितिका अध्यक्ष अर्जुन गिरीले नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेका थिए । बैठक र समवेदना कार्यक्रममा सबैभन्दा धेरै उपस्थिति हुने […]
बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा भएको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो । उसका लागि खेल सुरु भएको ७औं मिनेटमा […]