Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/१२/०८ जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. टिकाराम उप्रेती (सदस्य नं. घण्ण्ज्ञ) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल फागुन १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका […]

नेपाल राष्ट्र बैंकको कारबाहीमा परे ९ वटा वाणिज्य बैंकहरु

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल राष्ट्र बैंकको कारबाहीमा परे ९ वटा वाणिज्य बैंकहरु.

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंक सुपरिवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकलाई नगद जरीवानासहित कारबाही गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले १० लाख रुपैयाँ नगद जरीवानासहित कारबाही गरिएको […]

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य.

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका […]

विराटपोखरमा मुसहर महिलामाथि निर्घात कुटपिट

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on विराटपोखरमा मुसहर महिलामाथि निर्घात कुटपिट.

बिर्तामोड । दशकौंदेखि भूमिहीन मुसहरहरु बसेको ऐलानी जग्गा षडयन्त्र गरेर आफ्नो नाममा पारेका बिर्तामोड १० को राजवंशी परिवारले मुसहर वस्तीलाई उठीबास लगाउन एकजना मुसहर महिलालाई निर्घात कुटपिट गरेका छन् । बिर्तामोड १० विराटपोखरमा उत्तर–दक्षिण सडकको पश्चिमपट्टी पुस्तौंदेखि ऐलानी जग्गामा बसेका ९ घर मुसहरहरुलाई विगत दुई वर्षदेखि पवन राजवंशीको परिवारले उठीबास लगाउन विभिन्न षडयन्त्र गर्दै आएका […]

वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा भद्रपुर ६ विजयी

Published: in खेलकुद, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताः उद्घाटन खेलमा भद्रपुर ६ विजयी.

भद्रपुर । भद्रपुर नगरपालिकामा वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । भद्रपुर बलबस्टर्स क्लबको आयोजनामा भद्रपुर माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर वडा नम्बर ९ लाई १०० रनले हराउँदै वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । टस हारेपछि पहिला ब्याटिङ पाएको वडा नम्बर ६ ले निर्धारित २० […]

धरानका जनप्रतिनिधिहरुमा समस्याको जड के हो ? किन मागिँदैछ वडाध्यक्षको राजीनामा ?

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on धरानका जनप्रतिनिधिहरुमा समस्याको जड के हो ? किन मागिँदैछ वडाध्यक्षको राजीनामा ?.

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेको स्मरण गराउँदै वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । नगरप्रमुख राईले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । ‘कसैले म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने […]

इन्जिनियरको लाइसेन्स परीक्षा यसवर्ष तीन पटक हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on इन्जिनियरको लाइसेन्स परीक्षा यसवर्ष तीन पटक हुने.

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसैवर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो । परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यसवर्ष असार, मंसीर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले […]

दाहाल र राजवंशीलाई पत्रकारिता पुरस्कार प्रदान

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on दाहाल र राजवंशीलाई पत्रकारिता पुरस्कार प्रदान.

झापा । सम्भवतः पत्रकारहरुले नै स्थापना गरेको कोषबाट नेपालमा सबैभन्दा ठूलो नगद राशिको पत्रकारिता पुरस्कार झापामा नारी सञ्चार गृहले वितरण सुरु गरेको छ । बुधबार नारी सञ्चार गृहले बिर्तामोडमा एक विशेष कार्यक्रमको आयोजना गरी जिल्लाका दुईजना पत्रकार महिलालाई पुरस्कृत गरेको हो । नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कारबाट साबित्रा दाहाललाई एक लाख एक हजार १०० […]

पालिका लिग फुटबल प्रतियोगिताको मिति निश्चितः विभिन्न समितिहरु गठन

Published: in खेलकुद, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on पालिका लिग फुटबल प्रतियोगिताको मिति निश्चितः विभिन्न समितिहरु गठन.

झापा । भद्रपुर झापा गोल्डकपले आयोजना गर्न लागेको उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिताको मिति तय गरिएको छ । मेची रंगशाला चन्द्रगढीमा बसेको गोल्डकप कार्यसमितिको बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आगामी मंसिर पहिलो साताबाट गर्ने टुंगो गरेको हो । झापाका १५ वटै पालिका सहभागी हुने लिग फुटबल प्रतियोगिता २०८० मंसिर ७ गतेदेखि […]

सुदखोरहरु विरुद्ध विप्लवको पार्टीद्वारा संघर्षका कार्यक्रमको घोषणा

Published: in अर्थतन्त्र, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on सुदखोरहरु विरुद्ध विप्लवको पार्टीद्वारा संघर्षका कार्यक्रमको घोषणा.

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा झापाको बिर्तामोडमा बुधबार विरोध प्रदर्शन तथा जनसभा गरिएको छ। बिर्तामोडको मुक्तिचोकस्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभालाई उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमन सिंहले सम्बोधन गरेका थिए । पश्चिम बस स्टेन्डबाट विरोध प्रदर्शन र्यालीले बजार परिक्रमा पछि हनुमान कम्प्लेक्सको प्रांगणमा जनसभा भएको […]