झापा । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत आज झापाका १५ वटै स्थानीय तहसहित मुलुकका १५ वटा जिल्लामा निशुल्क औषधी खुवाउने अभियान सुरू भएको छ । बिर्तामोड नगरपालिकाको प्राङ्गणमा आयोजित औषधी खाने खुवाउने कार्यक्रमको नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले गरेका छन् । कार्यक्रममा नगरप्रमुख शिवाकोटीले आफैंले हात्ती पाइले विरुद्धको औषधी खाएर अभियानको सुरुवात गरेका हुन् । सो […]
झापा । नेपाल सरकारले पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधनमा भोलि फागुन १६ गते राष्ट्रिय शोकको घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज भएको आकस्मिक बेठकले मन्त्री अधिकारीको निधनको शोकमा फागुन १६ गते राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । भोलि फागुन १६ गते देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिइनेछ भने आधा झण्डा झुकाउने निर्णय भएको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना र त्यसमा सवार पर्यटनमन्त्री, पर्यटन उद्यमी, सरकारी अधिकारीहरुको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा भएको दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको हो । विकासप्रेमी जनप्रतिनिधि, देश विकासमा समर्पित पर्यटन उद्यमी […]
सूर्यप्रसाद कन्दङवा, बिर्तामोड नगरपालिका वडा नं. ६ का वडाध्यक्ष । नेपाली कांग्रेसबाट टिकट पाएर वडाध्यक्ष पदमा चुनाव लड्दा नेकपा एमालेका उम्मेदवार गणेश कन्दङवालाई उहाँले १९३ मतले पराजित गर्नुभएको थियो । कांग्रेसको पार्टी सदस्य भएको छोटो समयमा नै जनप्रतिनिधि बन्ने अवसर पाउने थोरैमा उहाँ पनि एक हुनुहुन्छ । तेह्रथुमको छातेढुङ्गामा जन्मिनु भएका वडाध्यक्ष कन्दङवा २०४२ सालदेखि […]
ताप्लेजुङ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे । यहाँ आज दिउँसो एयर डाइनेष्टीको हेलिकोप्टर दूर्घटनामा परेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना […]
मेचीनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश १ स्तरीय पुरुष फुटबल तथा पुरुष र महिला कबड्डी प्रतियोगिताको सोमबार काँकरभिट्टामा उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘खेल सम्बन्धी ऐन निर्माण गर्न विधेयक पेश भएको छ’ कार्यक्रमका प्रमुख […]
बिर्तामोड । यही फागुन १८ गतेदेखि बिर्तामोडमा आयोजना गरिएको चौथो संस्करणको झापा गोल्डकप सम्पन्न गर्ने सम्बन्धमा आयोजक समितिले जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सामाजिक संघसंस्थाहरुसँग आज छलफल गरेको छ । गोल्डकपको दिगोपना, सबैको सहभागितामा, अक्षयकोष लगायतका विषयमा वृहत छलफल गरिएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । आयोजकको तर्फबाट छलफलको सहजीकरण गर्दै गिरीले […]
बिर्तामोड । आज यहाँ ‘लैंगिक हिंसा बिरुद्ध सचेतना अभिबृद्धि’ विषयक एक दिने कार्यक्रम संचालन गरिएको छ । बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यालय र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतारा (प्रसाई)को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो […]
बिर्तामोड । ‘माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्सा नै औषधालय’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजनामा संस्थाको बिर्तामोड कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण गर्र्दै वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष […]
भद्रपुर । भद्रपुर नगरपालिका स्वास्थ्य शाखाले अन्तरक्रियात्मक रूपमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण सम्बन्धी जानकारी गराएको छ । कार्यक्रममा तालिमप्राप्त स्वास्थ्यकर्मीहरुले वडाको प्रत्येक टोलमा पुगेर घरदैलो मार्फत हात्तीपाइलेको निःशुल्क औषधी खुवाइने जानकारी गराएका हुन् । विगत वर्षहरुमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले तीन दिनसम्म औषधि खुवाउने गरेकोमा यस वर्षदेखि स्थानीय सरकारको मातहत कार्यक्रम आएकोले ७ देखि १० […]