कमल । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजनामा १० दिने उद्यम विकास तालिम आज सम्पन्न भएको छ । झापाको कमल गाउँपालिकामा रहेका व्यवसायी र व्यवसाय गर्न चाहाने युवालाई लक्षित गरेर तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीलाई व्यवसाय के हो ? व्यवसायको दर्ता प्रक्रिया, व्यवसाय छनौटका आधार के के हुन्, व्यवसायका जोखिम, चुनौती र […]
कमल । यहाँस्थित उद्यमशील जागरण महिला केन्द्रले उत्पादन गरेको अग्र्यानिक सागसब्जी शनिबारदेखि बिक्री गर्न सुरु गरेको छ । सामुहिकरुपमा १० कठ्ठा जमिन भाडामा लिएर उद्यमशील जागरण महिला केन्द्रले फूलकोपी, धनियाँलगायतका सब्जी खेती गरेको हो । विषादीयुक्त सागसब्जी बजारमा खुल्लमखुल्ला बिक्री भइरहेको अवस्थामा केन्द्रले आफ्ना सदस्य परिवारलाई लक्षित गरी अग्र्यानिक सब्जी उत्पादन सुरु गरेको केन्द्रका अध्यक्ष […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगर पत्नी वियोगमा परेका छन् । उनकी पत्नी शान्ति राना मगरको आज शुक्रबार बिहान ९ः३० बजे निधन भएको हो । अर्जुनधारा ११ निवासी नगरप्रमुख रानाकी ५९ वर्षीया पत्नी शान्ति झण्डै चार वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उनको आजै कनकाई नदीमा जातीय परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । […]
भद्रपुर । छोराछोरीको प्रगति र लोकप्रियताले पनि कुनै परिवारको उठिबास हुँदो रहेछ भनेको सुन्दा आश्चार्य लाग्न सक्छ । यस्तै भएको छ झापाको भद्रपुरमा । १८ वर्षदेखि शिक्षण पेसामा रही भद्रपुरका नामी शैक्षिक प्रतिष्ठानहरु एमरल्ड एकाडमी र मुनाल एकाडमीको नेतृत्व गरिसकेका इन्द्रबहादुर खतिवडाको भोगाई हो यो । उनी आफ्नो सिङ्गो परिवार लिएर गत मंसीर महिनाको अन्तिम […]
सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय दिन पुगेको सन्दर्भमा मैले भनेको थिएँ– २०७४साल फागुन ३ गते सम्माननीय राष्ट्रपतिज्यूबाट प्रधानमन्त्री पदको सपथ लिइरहँदा मैले कसैलाई हैन तपाईहरुलाई सम्झिरहेको थिएँ । तपाईहरुकै स्नेह, विश्वास र भरोसाका कारण र तपाईहरुकै […]
बिर्तामोड । रिडर्स झापाले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कला साहित्य उत्सवको चौथो शृङ्खला यही फागुन १८ गतेदेखि हुने भएको छ । मेचीनगरको काँकरभिट्टास्थित खानेपानी संस्थाको प्राङ्गणदेखि सभाहलसम्म सञ्चालन गरिने कला साहित्य उत्सव २०७५ मा १४ वटा विषयमा प्यानल डिस्कसन गरिनेछ । फागुन १८ गतेदेखि २० गतेसम्म सञ्चालन गरिने कार्यक्रमबारे जानकारी दिन आज बिर्तामोडमा […]
भद्रपुर । पुरातात्विक महत्व बोकेको धार्मिक तथा ऐतिहासिक स्थल किच्चकबध क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गए पनि सरोकारवाला बेखबर देखिएका छन् । पाषणकालिन ऐतिहासिक महत्व बोकेका २२ सय वर्ष पूराना भग्नावशेषका सुरक्षा पर्खाल भत्काउने, फुटाउने कार्य भइरहेको सो क्षेत्रमा सुरक्षा पोष्टले चाल नपाउँदा सो क्षेत्रका संरक्षित संरचना असुरक्षित बन्दै गएका हुन् । वि. सं २०५६ […]
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई सरकारले निकै गम्भीरतापूर्वक हल गर्न खोजिरहेको बताएकी छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ११औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार गम्भीर रहेको बताएकी हुन् । मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा भइरहेको तेस्रो लक्ष्मीपुर भेट्रान फुटबल कप अन्तरगत बुधबारको खेलमा दमक लखनपुर भेट्रान फुटबल क्लब बिजयी भएको छ । लक्ष्मीपुर भेट्रान फुटबल टिम र दमक लखनपुर भेट्रान फुटबल क्लब बीच बुधबार भएको खेलमा शून्यका विरुद्ध एक गोल गर्दै दमक लखनपुर भेट्रान फुटबल क्लब बिजयी भएको हो । […]
बुधबारे । बुद्धशान्ति गाउँपालिकाका कम्प्यूटर अपरेटर विवेक खुलाललाई सम्मान गरिएको छ । बुद्धशान्ति गाउँपालिकाको बुधबार भएको परिषद् भेलामा उनलाई सम्मान गरिएको छ । गाउँपालिकाको समग्र जातीयता, संस्कृति, प्राकृतिक सम्पदा, भूगोललगायतका सम्पूर्ण कुराहरु समेटेर उत्कृष्ट लोगो डिजाइन गरेकोमा गाउँपालिकाले नगद १० हजार रुपैयाँसहित प्रसंसापत्र र अविर, दोसल्ला लगाई सम्मान गरेको हो । लामो समयदेखि गाउँपालिको कम्प्यूटर […]