Sajhamanch Archive

सूर्याेदय टेलिभिजनको कार्यक्रम ‘वारपार’ ले पूरा गर्यो सय एपिसोड

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सूर्याेदय टेलिभिजनको कार्यक्रम ‘वारपार’ ले पूरा गर्यो सय एपिसोड.

झापा । झापाको बिर्तामोडबाट प्रशारण हुने सूर्याेदय टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘वारपार’ले सफलता पूर्वक एक सय एपिसोड पूरा गरेको छ । यस्तो महत्वपूर्ण लक्ष्य पूरा गरेकोमा टेलिभिजन सञ्चालक टिमले शनिबार सुरुङ्गामा आयोजित कार्यक्रममा ‘वारपार’का निर्माता निर्देशक एवम् प्रस्तोता टिकाराम ‘नेति’ नेपाललाई सम्मानसहित कम्पनीले बधाई ज्ञापन गरेका छन् । सूर्याेदय टिभी एण्ड मिडिया प्रालिका अध्यक्ष मनोज उप्रेतीले […]

दोमुखाको पर्यटकीय विकासका लागि अन्तरक्रिया

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on दोमुखाको पर्यटकीय विकासका लागि अन्तरक्रिया.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका र इलाम जिल्लाको माई नगरपालिकाको संगममा पर्ने पर्यटकीय क्षेत्र दोमुखाको पर्यटकीय क्षेत्र विकासका लागि दुवै नगरको अनुमतिमा संयुक्त राज्य अमेरिकामा रहेको सांग्रिला आइएनसीले विदेशी लगानी भित्राउने भएको छ । पूर्वका पर्यटकीय क्षेत्रहरु मध्ये सम्भावना रहेको झापा र इलामको सीमानामा पर्ने दोमुखा पर्यटकीय क्षेत्र निर्माणको पर्खाइमा रहेको छ । पहाड र […]

हरेकक्षेत्र पर्यटकमैत्री बन्नुपर्ने जोड

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हरेकक्षेत्र पर्यटकमैत्री बन्नुपर्ने जोड.

काँकरभिट्टा । झापाको काँकरभिट्टामा आइतबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले हरेक क्षेत्र पर्यटक मैत्री बन्न जरुरी रहेको बताएका छन् । ५औँ ग्रामीण पर्यटन महोत्सवको अवसरमा ट्राभल संघ झापाले ‘पर्यटक गाईड’ लाई लक्षित गरी आयोजना गरेको दुईदिने ‘पर्यटक व्यवस्थापन तथा सम्मान एवम् सीप र दक्षता’ सम्बन्धी तालिममा सहभागी पर्यटक गाईडहरुलाई प्रमाणपत्र तथा परिचयपत्र वितरण गर्न आयोजित […]

बिर्तामोड महोत्सवमा रौनक थपिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवमा रौनक थपिँदै.

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव व्यवस्थित र उत्कृष्ट रहेको अवलोकनकर्ताहरुले प्रतिक्रिया दिएका छन् । महोत्सवका अवलोकनकर्ता तथा स्टलका सामान खरिदकर्ताहरुले बिर्तामोड महोत्सवको प्रशंसा गरेका हुन् । ११ माघदेखि सञ्चालनमा आएको महोत्सवमा टाढाटाढादेखिका अवलोकनकर्ताहरु आउने क्रम जारी छ । अधिकांशले महोत्सव मन पराएको आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । झापा सुरुंगाबाट […]

आगामी आर्थिक वर्षमा वृत्तभत्ता बढाउने प्रधानमन्त्री ओलीको आश्वासन

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी आर्थिक वर्षमा वृत्तभत्ता बढाउने प्रधानमन्त्री ओलीको आश्वासन.

सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको बताएका छन् । शहीद हेमनारायण यादवको १५औं स्मृति सभालाई आज सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसका बारेमा विभिन्न हल्ला चलाइए पनि सरकारका कामले ती सबै कुराको जवाफ दिने बताएका हुन् । “मधेसका बारेमा अनेक हल्ला चलाइएका छन् तर सरकारको […]

कमल गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण सुरु

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरण सुरु.

कमल । झापाको कमल गाउँपालिकाले आज गाउँपालिकामा बसोबास गर्ने अपाङ्गहरुलाई अपाङ्गता भएको परिचय पत्र वितरण गर्ने कार्य सुरु गरेको छ । वडा नम्बर २ बाट आज सुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण कार्यक्रमलाई गाउँपालिकाले घुम्ती शिविर मार्फत माघ २५ गतेसम्ममा पूरा गर्ने लक्ष्य लिएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले सबै वडा कार्यालयबाट क्रमशः परिचय […]

प्रतिभा युवा परिवारको निःशुल्क आँखा स्वास्थ्य शिविरमा २२० ले जँचाए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिभा युवा परिवारको निःशुल्क आँखा स्वास्थ्य शिविरमा २२० ले जँचाए.

मेचीनगर । मेचीनगर ८ मा रहेको प्रतिभा युवा परिवारको आयोजनामा निःशुल्क आँखा स्वास्थ्य शिविर गरिएको छ । मेची विद्योदय आधारभूत विद्यालय परिसरमा सञ्चालित शिविरको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका हुन् । मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा सिनियर अप्थाल्मिक अफिसर राजेश चौरासियाको नेतृत्वमा पाँच सदस्यीय प्राविधिक टोलीले आँखा जाँच गरेको हो । शिविरमा मेचीनगरका […]

कोपोमिस सफ्टवेयरले सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने

Published: in सहकारी by . Leave a Comment on कोपोमिस सफ्टवेयरले सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने.

बुद्धशान्ति । देशभरका सहकारीलाई प्रत्यक्ष निगरानी गर्ने कोपोमिस सफ्टवेयर कार्यान्वयनमा आएकाले अब सहकारीबाट गरिने फटाईं नियन्त्रण हुने भएको छ । सहकारी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सफ्टवेयर जडान गरी अब देशभरका सबै सहकारी संस्थाहरुले आफ्नो आर्थिकसहितका सम्पूर्ण गतिविधि विवरणहरु अपडेट गर्नुपर्ने भएकाले जोखिम घट्ने अपेक्षा गरिएको हो । धेरै सहकारी संस्थाहरु सहकारी मर्म अनुरुप नचलेका र […]

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवः शनिबारमात्रै १२ हजारभन्दा बढी अवलोकनकर्ता

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवः शनिबारमात्रै १२ हजारभन्दा बढी अवलोकनकर्ता.

बिर्तामोड । बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको नवौँ दिन शनिबार १२ हजार जनाभन्दा बढीले टिकट काटेर मेला अवलोकन गरेका छन् । महोत्सव आयोजक समितिका कोषाध्यक्ष मनोज अग्रवालका अनुसार एकैदिन १२ हजार जनाले महोत्सव अवलोकन गरेको यो पहिलो पटक हो । यसअघि औषतमा हरेक दिन ६ हजार जनाले महोत्सव अवलोकन गर्दै आएका थिए । महोत्सव […]

कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on कर्णालीको वित्तीय साक्षरता गोष्ठी दमकमा.

दमक । झापाको कर्णाली साकोसले दमक ९ इटाभट्टामा रहेको सरस्वती मावि जुनियर रेडक्रस सर्कललाई २१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थाको सामाजिक सेवा कार्य अन्तरगत जुनियर रेडक्रस सर्कलले सञ्चालन गर्ने सेवाका लागि दुई थान बेड खरिद गर्न सो रकम प्रदान गरिएको हो । दमकको रेडक्रस भवनमा शुक्रबार आयोजना गरिएको सदस्य वित्तीय साक्षरता गोष्ठीका बीच […]