गरामनी । झापाको बिर्तामोड नगरपालिका वडानम्बर ९ का अपाङ्ग डोलेश्वर राजवंशीको घर निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टीका नेता र व्यावसायीहरुले जस्तापाता सहयोग गरेका छन् । आवास निर्माण समितिका संयोजक प्रकाश बुढाथोकी, सचिव प्रदिप संग्रौला लगायतलाई निर्माण सहयोग स्वरुप तीन बण्डल जस्तापाता हस्तान्तरण गरिएको हो । घर निर्माणास्थलमा पुगेर जस्तापाता र नगद हस्तान्तरण गरेका हुन् । […]
एउटा अधबैँसे व्यक्ति बिहान खाना खाएर खेतमा काम गर्ने खेताला खोज्न गाउँतिर लाग्छ । दिनहुँजसो त्यही घरको जवान छोरो पनि खाना खाएर शैक्षिक योग्यताका प्रमाणपत्रहरु बोकेर काम खोज्न शहर बजार पस्छ । बेलुका दुवैजना रित्तोहात घर फर्कन्छन् । न बावुले खेतमा काम गराउने श्रमिक पाउँछन् न त छोराले जागिर वा काम नै पाउँछ । हिजो […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्तिहरु परास्त भएको जिकिर गरेका छन् । राणा शासन विरुद्ध वि.सं. १९९७ मा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले गरेको बलिदानीको स्मरण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानीले नेपालको प्राजातान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको भनेका छन् । माघ १६ गते पर्ने […]
दमक । आगामी माघ १७ गतेदेखि दमकमा हुने बृहत बाल महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि झापामा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानमन्त्री ओली आउने भएकाले यसको तयारीमा प्रशासनिक तथा सुरक्षा संयन्त्रसमेत परिचालित भएको जनाइएको छ । बाल महोत्सवको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएपछि यसप्रति सुरक्षा निकायले पनि चासो देखाएको हो […]
मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि झापामा स्वयम्सेवक प्रशिक्षक नियुक्त गरिएको छ । प्रतियोगितामा जिल्लाबाट भाग लिने खेलाडीलाई प्रशिक्षण दिन ८ वटा खेल विधाका प्रशिक्षक नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए । मङ्गलबार ८ जना प्रशिक्षकलाई नियुक्तिपत्र प्रदान गरिएको हो । समितिले फुटबलतर्फ युगलकिशोर राई र अस्मिता […]
बिर्तामोड । सोचेभन्दा राम्रो ढंगले बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव सञ्चालन भइरहेको आयोजकको भनाई छ । बिर्तामोड उद्योग वाणिज्य संघका अधिकारीहरुका अनुसार महोत्सव उद्घाटनका दिन उल्लेख्य उपस्थिति नभए पनि त्यसपछिका दिनमा किनमेल गर्नेहरुको घुइँचो बढेको हो । ‘सुरुका दिनमा सोचेजस्तो उपस्थिति भएन, भोलिपल्टदेखि संख्या बढेको बढ्यै छ,’ उपाध्यक्ष नारायण चिमरियाले भने, ‘यसरी नै संख्या बढ्दै […]
भद्रपुर । दुई दशकदेखि झापा सदरमुकाम चन्द्रगढीमा रहेर जडीबुटी उपचारबाट गरीब र असहायको सेवक बनेका लक्ष्मी राजवंशी गुमनामजस्तै छन् । घरायसी जडीबुटीको प्रयोगबाट दीर्घ रोगलगायत हाड जोर्नीका समस्या निराकरण उपचार सेवा पुर्याउँदै आएका राजवंशीको परिचय खासै खुल्न सकेको छैन । विज्ञापन र तडक भडकका पछाडि उनको सेवा गौण बनेको छ । पैसा नहुनेले उपचार सेवा […]
भद्रपुर । अघिल्लो सरकारका पालामा सुरु भएका बहुवर्षीय आयोजनाका कामहरु रोकिएको भन्दै नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले विकास आयोजनाका काम सुचारूको मागसहित आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । क्षेत्रीय सभापति गणेश पोखरेल र नवीन विमलीको नेतृत्व टोलीले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुवर्षीय आयोजनाका काम सुचारूको […]
बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको आयोजकको दावी छ । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंका अनुसार हेलिकप्टर प्रत्येक दिन ९ पटक बिर्तामोड अवलोकनका लागि मात्र उड्दैछ । यो ५ देखि […]
झापा । प्रगतिशील लेखक संघ झापाको अध्यक्षमा राजेन्द्र संग्रौला पुनः निर्वाचित भएका छन् । माघ १२ गते सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुमित्रा वाङ्देल चेली, सचिवमा लीलाप्रसाद अधिकारी, सहसचिवमा विन्दु दाहाल र कोषाध्यक्षमा कल्पना ओलीलाई सर्वसम्मत चयन गरिएको छ । समितिका सदस्यहरुमा आरती पोखरेल, परशुराम तिम्सिना, ज्ञानेन्द्र ढुङ्गाना, कमलप्रसाद वस्ती, […]