Sajhamanch Archive

विद्यालयमा काँकरभिट्टा प्रहरीको चेतनामूलक कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यालयमा काँकरभिट्टा प्रहरीको चेतनामूलक कार्यक्रम.

मेचीनगर । विद्यार्थीहरुलाई विद्यालयस्तरदेखि नै विभिन्न आपराधिक गतिविधि तथा लागुऔषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले शुक्रबार आदर्श माध्यमिक विद्यालय मेचीनगरमा चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय र प्रहरी साझेदारी अभियान अन्तर्गत लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा शाखा कार्यालयले स्कूल सम्पर्क कार्यक्रम आयोजना गरेको हो । लागूऔषध नियन्त्रण तथा दुव्र्यसन सम्बन्धी जनचेतनासहित साइवर क्राइम, ट्राफिक नियम […]

बक्सिङ खेलाडीलाई विदाई

Published: in खेलकुद by . Leave a Comment on बक्सिङ खेलाडीलाई विदाई.

मेचीनगर । तेस्रो गणेशमान सिंह स्मृति कपमा भाग लिने बक्सिङ खेल विधाका झापाली खेल टोलीलाई बिहीबार विदाई गरिएको छ । शुक्रबारदेखि विराटनगरमा सुरु हुने प्रदेश १ स्तरीय बक्सिङ प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टोलीलाई विदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शंकर थापा, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनालीलगायतले […]

भद्रपुरमा प्रदेशस्तरीय कराते प्रतियोगिता

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on भद्रपुरमा प्रदेशस्तरीय कराते प्रतियोगिता.

भद्रपुर । कुनै समय सार्कस्तरीय प्रतियोगितामा नेपालका लागि मेडल प्राप्त मुख्य खेल बनिसकेको तर पछिल्लो समय सुस्ताउँदै गएको कराते खेललाई पुनः जगाउने प्रयास झापामा गरिएको छ । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी झापाको सदरमुकाम भद्रपुरमा प्रदेश १ स्तरीय सितेरियो कराते प्रतियोगिता बिहीबार शुरु भएको हो । भद्रपुर नगरपालिका वडा नं २ को संयोजन, […]

श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित

Published: in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित.

कोलम्बो । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। बिहीबार फैसला सुनाउँदै अदालतले सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको हो। सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलाशाले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको हो। अदालतले संसद विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष […]

झापाका सबै स्थानीय तह आजदेखि खुल्ला दिसामुक्त क्षेत्र

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on झापाका सबै स्थानीय तह आजदेखि खुल्ला दिसामुक्त क्षेत्र.

बिर्तामोड । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त भएसँगै जिल्ला खुल्ला दिसामुक्त घोषणा गर्ने मार्ग प्रसस्त भएको छ । १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका आज बिहीबार खुल्ला दिसामुक्त घोषणा भएका हुन् । सरसफाई गुरुयोजना सार्वजनिक भएपछि २०७३ सम्म खानेपानी तथा […]

प्रदेश मन्त्री कार्की भन्छन्ः ‘पैसा भएर पनि खर्च गर्नै पाइएन’

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश मन्त्री कार्की भन्छन्ः ‘पैसा भएर पनि खर्च गर्नै पाइएन’.

बिर्तामोड । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सरकारसँग प्रसस्त पैसा भएर पनि खर्च गर्न नपाएको गुनासो गरेका छन् । प्रदेश सरकार नेपालको सन्दर्भमा नयाँ अभ्यास भएको तथा इतिहास र अनुभव नभएका कारण अप्ठ्यारोमा रहेको पनि उनले जिकिर गरेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, बिर्तामोड शाखाको उद्घाटन मंसीर २६ गते […]

सतासी निरन्तर सदस्यहरुको सेवामा

Published: in सहकारी by . Leave a Comment on सतासी निरन्तर सदस्यहरुको सेवामा.

कनकाई । सतासी बहुमुखी सहकारी संस्था लिमिटेड बिर्तामोडले दूर्घटनामा परेकी आफ्ना शेयर सदस्य गीताकुमारी साहलाई उपचारका लागि राहत वितरण गरेको छ । कनकाई नगरपालिका वडा नं. ३ निवासी गीताकुमारी गत महिना कात्र्तिक २६ गते घरबाट बिर्तामोड जाने क्रममा आफ्नै सिटी रिक्सामा दूर्घटनामा परेकी थिइन् । उनको देव्रे खुट्टा भाँच्चिएकाले उपचार वापत संस्थाले १० हजार रुपैयाँ […]

नेपालका ३ लाखमा अटिजमको प्रभाव !

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य, by . Leave a Comment on नेपालका ३ लाखमा अटिजमको प्रभाव !.

बिर्तामोड । अटिजम केयर नेपाल सोसाइटीले बिर्तामोडमा अटिजम सम्बन्धी अभिमुखिकरण गरेको छ । अटिजम केयर नेपालका प्रशासन प्रमुख सुरेन्द्र बज्राचार्य तथा अन्जु महर्जनको टोलीले बिर्तामोडमा बुधबार गरेको जनचेतनामुलक अन्तरक्रिया कार्यक्रममा अटिजमको अवस्थाका बारेका छलफल गरिएको छ । अटिजम खास रोग नभएको तथा यसको उपचार एकैचोटी सम्भव नभएकाले यसलाई बिस्तारै व्यवहार तथा सामाजिकरणले कम गर्दै निराकरण […]

बालक अपहरणको अभियोगमा गौरीगञ्जका तीन प्रहरी हिरासतमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालक अपहरणको अभियोगमा गौरीगञ्जका तीन प्रहरी हिरासतमा.

भद्रपुर । झापाका तीन मानिसले अपहरण गरेको भारतीय बालकलाई झापा प्रहरीले सकुशल अपहरणमसक्त गरेको छ । बालकको अपहरण गरी फिरौती रकम माग्ने ती तीन आरोपीलाई झापा प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी गौरीगंज गाउँपालिका वडा नं. ६ का बद्री यादव, सोही गाउँपालिका वडा नं. ४ का बिट्टु मल्हा […]

काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डीमा ४० टिम भिड्ने

Published: in खेलकुद by . Leave a Comment on काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डीमा ४० टिम भिड्ने.

काठमाडौँ । काँडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले भोलिदेखि काठमाडौँ जिल्लास्तरीय कबड्डी प्रतियोगिता सुरु गर्ने भएको छ । छात्र र छात्रा दुवै तर्फको प्रतिष्पर्धा गराइने भिमेश्वर कपमा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता हुनेछ । विजयी टिम प्रथम, द्वितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान […]