Sajhamanch Archive

पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी आन्दोलनमा

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार महासंघ झापा विरुद्ध प्रेस चौतारी आन्दोलनमा.

झापा । नेपाल पत्रकार महासंघ झापामा सदस्यता शुद्धिकरण मापदण्ड विपरित राजनीतिक पूर्वाग्रहका आधारमा कार्यदलले नाम सिफारिस गरेको भन्दै प्रेस चौतारी झापा विरोधमा उत्रिएको छ । सदस्य शुद्धिकरणको बहानामा केन्द्रले पठाएको मापदण्डसमेत मिचेर आफूखुसी नाम सिफारिस गरेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा नै उत्रनु परेको जनाइएको छ । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज सन्तोष […]

रिजल्ट नै नआई भर्नाका लागि विद्यार्थी लोभ्याएको भन्दै महानगरले बन्द गर्‍यो हिसानको शैक्षिक मेला

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on रिजल्ट नै नआई भर्नाका लागि विद्यार्थी लोभ्याएको भन्दै महानगरले बन्द गर्‍यो हिसानको शैक्षिक मेला.

काठमाडौं। काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरु भएको शैक्षिक मेलामा हस्तक्षेप गरेको छ। महानगरको शिक्षा विभाग अधिकारीहरुसहित भृकुटीमण्डपमा पुगेका महानगर प्रहरीहरुले त्यहाँका स्टल हटाइ दिएका हुन् । प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए। ‘नतिजा नै नआइकन […]

शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on शरणार्थी बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु.

एजेन्सी । ग्रीसमा शरणार्थीहरु बोकेको डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ । ग्रीसका दक्षिणी समुद्री किनारामा भएको उक्त दूर्घटनामा कैयौं बेपत्ता भएको आशंका गरिएको छ । शरणार्थी र आप्रवासीहरु बोकेको डुंगा भूमध्य सागरको निकै गहिरो क्षेत्रमा दूर्घटना भएको ग्रीसको तटीय सुरक्षा गार्डले बताएका छन् । दुर्घटनाको खबरलगत्तै उद्धारमा जुटेका तटीय सुरक्षा गार्डले करीब […]

झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

Published: in विविधा, समाज by . Leave a Comment on झापामा पशुपक्षी मुद्दाका फरार एक प्रतिवादी पक्राउ.

विर्तामाड । पशुपक्षी सम्बन्धी कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ३ का ३२ वर्षीय पशुपति भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा जिल्ला अदालतको २०७८ साल पुस २२ गतेको फैसला अनुसार पशुपक्षी सम्बन्धी कसुर मुद्दामा फरार रहेका भट्टराईलाई ६ महिना कैद तथा सजाय तोकिएको […]

जनता माविलाई कर्णाली र आएमडिसीबाट १५ वटा सिलिङ पङ्खा प्रदान

Published: in लोकप्रिय, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on जनता माविलाई कर्णाली र आएमडिसीबाट १५ वटा सिलिङ पङ्खा प्रदान.

शरणामति (झापा) । झापा गाउँपालिका वडा नं. ६, शरणामतिमा रहेको जनता माविलाई दुईवटा वित्तीय संस्थाहरुले संयुक्तरुपमा १५ वटा सिलिङ पङ्खा प्रदान गरेका छन् । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) लिमिटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौको साझेदारीमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको […]

रतुवामाई नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा एमालेले सहयोग र समन्वय गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on रतुवामाई नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा एमालेले सहयोग र समन्वय गर्दै.

रतुवामाई (मोरङ) । नेकपा एमाले, रतुवामाई नगरपालिका कमिटीले आज नगरको सौंठास्थित मदन भवनमा सम्पन्न गरेको पार्टीसँग जनप्रतिनिधि कार्यक्रममार्फत नगरसभा नीति तथा कार्यक्रम निर्माण सहयोगी संयन्त्र गठन गरेको छ । सम्पन्न कार्यक्रममार्फत सहभागी दर्जनौंमध्ये आफ्नो तर्फबाट नगरबासीको अपेक्षासहितको रायसुझाव राख्ने १९ जनाको प्रस्तुति सुनेपछि सो संयन्त्र बनाइएको हो । नगरमा उपलब्ध पार्टी प्रतिनिधि, बहुमत जनप्रतिनिधि र […]

कोशी प्रदेशको नीति तथा कार्यक्रम : स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण, नागरिकमैत्री सेवामा जोड (पूर्णपाठ)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशको नीति तथा कार्यक्रम : स्वरोजगार बन्न सहुलियतपूर्ण ऋण, नागरिकमैत्री सेवामा जोड (पूर्णपाठ).

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कोशी प्रदेश सभामा आज नीति तथा कार्यक्रम पेश गरेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका छन् । नीति तथा कार्यक्रममा कृषि मार्फत रोजगारी सिर्जना गर्ने, प्रविधि र नागरिक मैत्री सेवा विस्तारमा जोड दिने, विगतदेखि सञ्चालित वहुवर्षीय आयोजनाहरु […]

कोशी प्रदेशमा मध्यवधि चुनाव टार्न आलोपालो सरकारको विकल्प !

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on कोशी प्रदेशमा मध्यवधि चुनाव टार्न आलोपालो सरकारको विकल्प !.

विराटनगर । नेकपा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि कोशी प्रदेशमा हिक्मत सरकार संकटमा रहेको निश्कर्षसहित संघीय गठबन्धनका दलहरुबीच नयाँ सरकार गठनको गृहकार्य सुरु भएको पाइएको छ । नेकपा एमाले–राप्रपा र कांग्रेस–माओवादी केन्द्र–नेकपा एस– जसपा गठबन्धनको स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनको स्पष्ट चित्र आएको छैन । मध्यवधी निर्वाचनको जोखिम पनि भएका कारण दलहरुले […]

पूर्णबहादुर खड्का कांग्रेस कार्यवाहक सभापति

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पूर्णबहादुर खड्का कांग्रेस कार्यवाहक सभापति.

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाले उनको अनुपस्थितिमा खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो । देउवाले आफू स्वदेश नफर्कुन्जेलसम्म पार्टी विधानको व्यवस्था बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति […]

वडाध्यक्ष सुब्बाले दिए महेन्द्र पार्कलाई १२०० विरूवा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on वडाध्यक्ष सुब्बाले दिए महेन्द्र पार्कलाई १२०० विरूवा.

भद्रपुर । भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बाले एक लाख ५ हजार रुपैयाँ मूल्य बराबरका एक हजार २०० वटा विभिन्न जातका शो प्लान्टका विरूवा प्रदान गरेका छन् । चन्द्रगढीमा रहेको महेन्द्र पार्कमा रोप्नका लागि पार्क संरक्षण समितिका अध्यक्ष गणेश पोखरेललाई वडाध्यक्ष सुब्बाले उक्त विरुवा हस्तान्तरण गरेका हुन् । स्वर्गीय पिता वीरहाङ्ग लिम्बू तथा सासु आमा […]