Sajhamanch Archive

प्रधानन्यायाधीशमा राणाको सुनुवाई प्रक्रिया सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानन्यायाधीशमा राणाको सुनुवाई प्रक्रिया सुरु.

काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको आईतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो । गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गर्दै […]

रेलको मूल्य आयो निर्णय गर्न अझै तीन महिना लाग्न सक्ने

Published: in समाज by . Leave a Comment on रेलको मूल्य आयो निर्णय गर्न अझै तीन महिना लाग्न सक्ने.

काठमाडौं । भारतबाट नेपालको जनकपुर आउने रेलको लिक बने पनि रेल कस्तो किन्ने र कहिले आइपुग्ने भन्नेबारेमा अझै निश्चित हुन सकेको छैन । रेल विभागका महानिर्देशक बलराम मिश्रले आइतबार बाह्रखरीसँगको कुराकानीमा भारत सरकारका तर्फबाट रेलको दररेट पठाउने काम भएको बताएका छन् । उनले भने, ‘‘हामीलाई छिटो चाहिने भनेकोले रेट मागेका थियौं । दुइटा किन्ने कि […]

कांग्रेसका शीर्ष नेताको सरकारप्रति आक्रोश

Published: (Updated: ) in राजनीति by . Leave a Comment on कांग्रेसका शीर्ष नेताको सरकारप्रति आक्रोश.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको झण्डै तीन वर्ष पछि महासमिति बैठक शुरु भएको छ । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको झण्डै तीन वर्षपछि काठमाडौंमा शनिबारबाट महासमिति बैठक शुरु भएको हो । बैठकको उद्घाटन समारोहमा प्रतिपक्षी कांग्रेसका नेताहरु ने क पा नेतृत्वको सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन् । […]

राजाले लिए सत्ता :‘विपिको विद्रोह’

Published: in शिक्षा by . Leave a Comment on राजाले लिए सत्ता :‘विपिको विद्रोह’.

काठमाडौंमा धुम्म कुहिरो लागेको थियो, आकाश खुलेको थिएन । आईए दोस्रो वर्षमा अध्ययनरत गीतकार रत्न शमशेर थापा साइकल चढेर बिहान १० वजे त्रिचन्द्र कलेज पुगे । कक्षा सुरू नहुँदै सहपाठी नातिकाजीले भने, “प्रधानमन्त्री बीपी कोइरालाले तरूण दलको अधिवेशन उद्घाटन सत्रमा जोडदार भाषण दिने खबर छ, हिँड सुन्न जाऊँ ।” त्यो कार्यक्रमका लागि तयार पारिएको स्वागत […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजका लागि विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रिदर ३० रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रिदर […]

 नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको २२ पृष्ठ प्रतिवेदन

Published: (Updated: ) in राजनीति by . Leave a Comment on  नेकपा स्थायी कमिटी बैठक : अध्यक्षद्वयको २२ पृष्ठ प्रतिवेदन.

काठमाडौं ।   नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी कमिटीको तेस्रो बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको छ । बैठकमा पार्टी अध्यक्षद्वयका तर्फबाट अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । २२ पृष्ठ लामो त्यो प्रतिवेदनमा ऐतिहासिक पार्टी एकता, संगठनात्मक एकीकरण, सरकार सञ्चालनका नौ महिना, राष्ट्रिय […]

‘मैले जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन्’

Published: in राजनीति by . Leave a Comment on ‘मैले जवाफ दिएँ भने बुद्धिजीवी थला पर्छन्’.

काठमाडौं ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकबाट एकतासहितको देश बनाउने सपना साकार पार्ने प्रतिवद्धता आउनु जरुरी रहेको बताउनुभएको छ । शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे प्रवक्ता शर्माले महासमिति बैठकले जनअपेक्षालाई सम्बोधन हुने गरी एकताको सन्देशसहितको देश बनाउने प्रतिवद्धताको सन्देश दिन सक्नुपर्ने बताउनुभएको हो । महासमितिले दिने […]

ठूला भारु नोट बोक्ने पक्राउ गर्ने निर्णय सरकारी राष्ट्र बैंकमा पुगेन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on ठूला भारु नोट बोक्ने पक्राउ गर्ने निर्णय सरकारी राष्ट्र बैंकमा पुगेन.

काठमाडौं । तपाईंसँग १ सयभन्दा ठूला दरका भारतीय नोट छन् भने होसियार १ २ सय, ५ सय र २ हजार दरका भारतीय नोट बोक्नुभए तपाईं जेल सजायको भागिदार पनि हुन सक्नुहुनेछ । सरकारले १ सयभन्दा ठूला दरका सबैखाले भारतीय नोटमाथि प्रतिबन्ध लगाएको छ । २ वर्षअघिको राष्ट्र बैंकको निर्देशनले ५ सय र २ हजार दरका […]

आजबाट अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आजबाट अन्तर्राष्ट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने.

काठमाडौं। नेपालमा पनि शनिबारदेखि अन्तर्राष्ट्रिय हवाई उड्डयन यात्रीका लागि निश्चित एकीकरण गर्ने ‘मन्ट्रियल’ महासन्धि लागू हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय हवाईयात्रीहरुको सुरक्षाका लागि यो महासन्धि लागू गर्न लागिएको जनाएको हो । यसअघि, ‘वार्सा’ महासन्धि लागू हुँदै आएको थियो । ‘नेपालको हवाई क्षेत्र अझ सुरक्षित हुने’ मन्ट्रियल महासन्धि […]

धुम्बाराहीमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक

Published: in राजनीति by . Leave a Comment on धुम्बाराहीमा सुरु भयो नेकपाको स्थायी कमिटी बैठक.

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को तेस्रो स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । बैठक दिउँसो १ बजेदेखि सुरु भएको हो । बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही, तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । […]