Sajhamanch Archive

नेपाल र यूएईबीच खेल सुरु हुनु अघि वर्षा, खेल ढिला सुरु हुने संकेत

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल र यूएईबीच खेल सुरु हुनु अघि वर्षा, खेल ढिला सुरु हुने संकेत.

यूएई र नेपालबीचको तेस्रो तथा निर्णायक टीट्वेन्टी क्रिकेट सुरु हुनुअघि अहिले वर्षा भईरहेको छ। नेपाली समयअनुसार पौने ३ बजे सुरु हुने भनिएको खेल वर्षाका कारण केही ढिला सुरु हुने स‌ंकेत देखिएको छ। खेलको टस पनि हुन सकेको छैन। शृंखला १-१ को बराबरीमा रहेकाले यो खेल जित्ने टोली शृंखलाको विजेता बन्ने छ। शृंखलाअन्तर्गत पहिलो खेल यूएई […]

विमानस्थलभित्रै यात्रुको झोलामा चितुवा

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विमानस्थलभित्रै यात्रुको झोलामा चितुवा.

भारतको एक एरपोर्टमा अनौठो आवाज सुनिन थालेपछि एयरपोर्टका अधिकारीहरु सचेत भए । के रहेछ भनेर खोज्दै जाँदा एकजना यात्रुको झोलामा प्लास्टिकको बास्केटभित्र लुकाएर राखेको करिब एक किलो तौल भएको चितुवाको बच्चा भेटियो । लगेज जाँच गर्ने क्रममा कर्मचारीहरुले त्यो चितुवाको बच्चाको बारेमा सोध्न खोज्दा ती यात्रुले बनावटी कुरा गर्दै ढाँट्न खोजेको अधिकारीहरुले बताएका छन् । […]

अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तिम खेलमा आज यूएईविरुद्ध नेपालले खेल्दै.

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । तीन खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आज यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो । आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा नेपाल जित हात […]

उपसचिव तहका कर्मचारीको समायोजन सुरु हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसचिव तहका कर्मचारीको समायोजन सुरु हुँदै.

सरकारले आजदेखि उपसचिव तहका कर्मचारीको समायोजन सुरु गर्ने भएको छ । संघ, प्रदेश र स्थानीय तहमा जाने उपसचिव तहका कर्मचारीको समायोजन आजबाट सुरु गर्न लागिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश’ अनुसार अनलाइन फाराम भरेका उपसचिव तहका कर्मचारीलाई समायोजनको पत्र दिइने बताए । फाराम भर्दा प्रयोग गरेको […]

भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु.

सिरियाको एलेप्पोमा एक भवन भत्कँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । युद्धका कारण क्षतिग्रस्त बनेको भवन भत्कँदा चार जना बालबालिकासहित ११ जनाको मृत्यु भएको हो । भवनमा च्यापिएका एक बालकको भने उद्धार गरिएको छ । बम बिस्फोटका कारण जीर्ण बनेको भवन एक्कासी भत्किएको हो । सिरियाको एलेप्पो शहरको सल्लाहदिन क्षेत्रमा रहेका अधिकांश भवन जीर्ण […]

मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मकवानपुरमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु,.

मकवानपुरको वागमती गाउँपालिका–४ पाँच पाण्डवमा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । झुरझुरेबाट सिन्धुलीतर्फ सिमेन्ट र रड लोड गरेर जाँदै गरेको ना। ६ त ४४२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिएको हो । मृत्यु हुनेमा सिन्धुलीको हरिहरगढी गाउँपालिका–३ का ५५ वर्षीय हेमकुमार श्रेष्ठ र सोही ठाउँका ५५ वर्षीय […]

भारतमा रेल दुर्घट्ना हुँदा ६ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतमा रेल दुर्घट्ना हुँदा ६ जनाको मृत्यु.

भारत बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । सिमाञ्चल एक्स्प्रेसको रेल जोगवनी र दिल्लीको बीचमा पर्ने हाजीपुर रेलखण्डमा दुर्घटना भएको हो । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो । आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको […]

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो.

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजेल र मट्टीतेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । निगमले एलपी ग्यासको मूल्य भने […]

प्रहरी र तस्करबीच झडप, ५० किलो गाँजासहित तीन जना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरी र तस्करबीच झडप, ५० किलो गाँजासहित तीन जना पक्राउ.

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिमा सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गएराति गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो । प्रहरीमाथि दुई राउन्ड गोली चलाएपछि आफूहरुले पनि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं गणका एसपी खेमबहादुर थापाले जानकारी […]

सिमसार दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिमसार दिवस मनाइँदै.

सिमसार र जलवायु परिर्वतन केन्द्रित रहेर आज विश्व सिमसार दिवस मनाइँदैछ । सिमसारको संरक्षण गर्न सन् १९७१ मा रामसार महासन्धि स्थापना भएपछि फेब्रुअरी २ मा सिमसार दिवस मनाउन थालिएको हो । नेपाल सन् १९८७ मा सिमसार महासन्धिको सदस्य भएको हो । अहिले यो महासन्धीमा १ सय ६९ देश आवद्ध छन् । सिमसार दिवसका अवसरमा पोखरामा […]