Sajhamanch Archive

मुख्यमन्त्रीहरु गुनासा बोकेर काठमाडौंमा भेला हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on मुख्यमन्त्रीहरु गुनासा बोकेर काठमाडौंमा भेला हुँदै.

काठमाडौं । अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दैछ । गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो । मुख्य मन्त्रीहरुले भदौ २१ गते पोखरामा भेला गरेपछि असन्तुष्ट बन्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गर्नुभएको थियो । प्रदेश सरकारले काम गर्न नसकेको चौतर्फी आलोचनापछि मुख्यमन्त्रीहरुले पोखरामा भेला गरेका थिए […]

संरचना निर्माण नभएकाले ठूला आयोजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न सकिएन स् अर्थमन्त्री

Published: in विविधा by . Leave a Comment on संरचना निर्माण नभएकाले ठूला आयोजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न सकिएन स् अर्थमन्त्री.

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले संरचनासमेत निर्माण नभएकाले ठूला विकास आयोजनाको काम तत्काल प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न नसकिएको स्पष्ट पारेका छन्। अर्थमन्त्री खतिवडाले कर्मचारी समायोजन, क्षमता विकास हुनेबित्तिकै सरकारले ठूला विकास आयोजनाको काम पनि प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजाने योजना पनि अघि सारे । बुधबार संघीय संसदको राष्ट्रिय सरोकार तथा […]

आज स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on आज स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस.

काठमाडौं  । आज स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस मनाईँदैछ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । आफ्नो गायकीबाट सबैलाई आकर्षण गरेका उनको स्वर सम्राटको उपाधि पनि पाइका थिए । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको […]

जिब्रोले निधार छुन्छन यी नेपालीले (भिडियोसहित)

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on जिब्रोले निधार छुन्छन यी नेपालीले (भिडियोसहित).

 उर्लाबारीका एक व्यक्ति आफ्नो निकै अचम्मको क्षमताका कारण अहिले देश विदेशमा चर्चित छन् । आफूसँग संसारको सबैभन्दा लामो जिब्रो भएको दाबी गर्ने ३५ वर्षे यज्ञ बहादुर कटुवालले तल्लो ओठले पूरै नाक छोप्न सक्छन् भने जिब्रोले आँखीभौं चाट्न सक्छन् । जिब्रोले निधार छोएको भिडियो सोसल मिडियामा कटुवालको एक साथीले सार्वजनिक गरेपछि उनी एकाएक चर्चित भएका हुन् […]

के रातमा काम गर्दा क्यान्सर हुन्छ ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on के रातमा काम गर्दा क्यान्सर हुन्छ ?.

संसारमा कैयौँ यस्ता संस्था छन्, जहाँ रातको समय काम गर्नुपर्छ । नाइट सिफ्टमा पुरुषले मात्र नभएर महिलाले पनि काम गर्छन् । तर, लामो समयसम्म नाइट सिफ्टमा काम महिलाका लागि खतरा हुने चीनमा भएको एक अनुसन्धानले बताएको छ । नाइट सिफ्टमा लगातार काम गर्ने महिलामा विभिन्न क्यान्सरको सम्भावना बढेर जाने अनुसन्धानले देखाएको छ । चीनको छेन्दुस्थित […]

आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आजका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर.

काठमाडौं । मंगलबारको तुलनामा बुधबार विदेशी मुद्राको सटही दर केही घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रिदर ३० रुपैयाँ १४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रिदर ३१ रुपैयाँ ०६ पैसा […]

समायोजन हुने कर्मचारीलाई बढुवा र ग्रेड वृद्धिको सुविधा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on समायोजन हुने कर्मचारीलाई बढुवा र ग्रेड वृद्धिको सुविधा.

काठमाडौं  । प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले एक तह बढुवा र दुई ग्रेड वृद्धि सुविधा पाउने भएका छन् । समायोजन भएपछि तोकिएको निकायमा ३५ दिनभित्र हाजिर नभएमा त्यस्ता कर्मचारी बर्खास्त हुनेछन् । मन्त्रिपरिषदको सोमबार राति अबेरसम्म बसेको बैठकले कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत गरेको छ । अध्यादेशमा पाँच वर्षभन्दा कम कार्यकाल बाँकी […]

प्रियंका र निकको विवाहका (तस्बिर)

Published: in फोटो by . Leave a Comment on प्रियंका र निकको विवाहका (तस्बिर).

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले यहि डिसेम्बर १ मा क्रिश्चियन र डिसेम्बर २ मा हिन्दु परम्परा अनुसार विवाह गरेका थिए । यी दुबैका विवाहका तस्बिर भने सार्वजनिक भएका थिएनन् । मिडिया तथा फ्यानहरु विवाहका तस्बिर हेर्नका लागि उत्सुक थिए । अहिले प्रियंका र निकको विवाहका तस्बिरहरु सार्बजनिक भइसकेका छन् । डिसेम्बर ४ मा अमेरिकाको […]

कारागारबाट छुटाउने लोभ देखाएर बलात्कार गर्ने नेता गरेको आरोपमा नेता

Published: (Updated: ) in समाज by . Leave a Comment on कारागारबाट छुटाउने लोभ देखाएर बलात्कार गर्ने नेता गरेको आरोपमा नेता.

सप्तरी । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक कैदीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५, लोखरमका मनोजकुमार मेहतालाई बलात्कारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । त्यो कार्यालयका प्रहरी नायब […]

श्रम स्वीकृतिको अनलाइन टोकन सेवा सुरु

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on श्रम स्वीकृतिको अनलाइन टोकन सेवा सुरु.

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ । टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना […]