डा . गोविन्द केसीको जीवनरक्षाको माग गर्दै देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।चिकित्सकहरु आज आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । डा.केसीले अनसन सुरु गरेको २४ दिन भइसक्दा पनि सरकारले उनको जीवनरक्षाका लागि कुनै पहल नगरेको भन्दै चिकित्सक आक्रोशित भएका हुन् । डा . केसीको मागलाई बेवास्ता गरी संघीय संसद्का दुवै सदनबाट चिकित्सा […]
नेपालको २५।२ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छ, जसले दिनमा दुई सय रुपैयाँभन्दा कम आम्दानीमा गुजारा चलाउनुपर्छ । पछिल्लो अपडेटअनुसार दुई करोड ९७ लाख जनसंख्या पुगेकोमा ७४ लाख २५ हजार चरम गरिब अवस्थामा छन् । त्यसमा पनि दलितभित्र गरिबीको अवस्था झन् भयावह छ । नेपालमा जनसंख्याको १३।८ प्रतिशत अर्थात् ४० लाख दलित छन् । पहाडमा […]
नेपाल वायु सेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण निगमका ६ वटै चिनियाँ विमान ग्राउन्डेड भएका छन् । निगमसँग रहेका ४ साना वाई १२ ई र दुइटा मझौला एमए ६० ग्राउन्डेड भएका हुन् । चिनियाँसहित ग्राउन्डेड भएका निगमका जहाजको संख्या १० पुगेको छ । २ वटा टीनअटर, २ वटा एमए ६० र २ वटा जेट विमान यसअघि […]
सर्वोच्च अदातलमा मुद्दा परेको जग्गामा धुर्मुस(सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा दिइएको छ । त्रिभुवन विश्वविद्यालयको स्वमित्वमा रहेको ३ सय ५६ बिगाहा जग्गा २०६७ सालमा गठित कृषि तथा विश्वविद्यालयले भोगचलन गर्न पाउनु पर्ने माग राखी सर्वोच्च मुद्दा हालेको थियो । मुद्दाको किनारा नै नलागी भरतपुर महानगरपालिकाले २० बिगाहा ८ कठ्ठा जग्गा सङ्गशाला निर्माण गर्न […]
कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली ९इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् । तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल […]
बलिउडमा अहिले बिबाह नगरी माता–पिता बन्ने लहर नै चलेको छ । बिबाहित कलाकारले पनि सेरोगेसीको माध्यमबाट बच्चालाई जन्म दिने गरेका छन् । अविवाहित कलाकारमा त झन्, सेरोगेसीको माध्यमबाट बच्चा जन्माउने लहर चलेको छ । करण जोहर, तुषार कपुरले बिहे नै नगरी बच्चालाई जन्म दिइसकेका छन् । अब, बलिउडकी अर्की एक चर्चित निर्मात्रीले पनि बिहे नगरी […]
प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्य्रकममा सहभागी हुन गृह जिल्ला झापा आइपुगेका छन् । दमकमा आयोजना गरिएको बाल महोत्सव, भद्रपुरमा बनेको मेची पुल तथा चन्द्रगढी विमानस्थलको रात्रीकालिन् सेवा उद्घाटनका लागि प्रधानमन्त्री ओली झापा आएका हुन्। यति एयरको विमानबाट आएका उनी बिहीबार नै चन्द्रगढीको रात्री विमान उद्घाटन गरेर सोही विमानबाट काठमाडौं फर्कनेछन्।
अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ । ‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका कारण अहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको पुष्टि भएको हो । चिसोले करोडौं मानिस प्रभावित भएका छन् । चिसोले अमेरिकाको मध्यपश्चिमी भेग बढी प्रभावित भएको छ । विस्कन्सिन, मिसिगन राज्यहरुका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा […]
एक बर्ष अगाडि भारतका सफल कमेडियन कपिल शर्माले मध्यरातमा गरेका ट्विटले उनलाई विवादमा तान्ने गरेको थियो । कपिल शर्माले मध्यरातमा गर्ने ट्विटमा उनले एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि समेत प्रहार गरेका थिए । आफूले घर बनाउने क्रममा ५ लाख घुस दिनु परेको उल्लेख गर्दै उनले मोदीलाई ‘तपाइको राम्रो दिन’ यही हो भनेर प्रश्न गरेका थिए […]
मदनभण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब खेल्दैछन् । खेल दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुनेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी उपाधि नजिक पुगिसकेको छ । […]