Sajhamanch Archive

अग्लो भएका कारण जसले बेहुली पाएनन्

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अग्लो भएका कारण जसले बेहुली पाएनन्.

जिउ सबैभन्दा अग्लो हुँदा कहिलेकाहीँ कीर्तिमानको पगरी त गुथिएला तर व्यक्तिगत जीवनचाहिँ भताभुङ्ग हुँदो रहेछ । पाकिस्तानका सबैभन्दा अग्लो व्यक्ति जिया राशिदका लागि आफ्नो कद अभिशाप बनेको छ । किनकि पूरै पाकिस्तानभर उनका लागि सुहाउँदो कद भएकी बेहुली फेला पार्न सकिएको छैन । जसका कारण उनको बिहे नै हुन सकेन । कद मिल्ने जोडी नपाएर […]

युवतीलाई जङ्गलमा लगेर विष खान प्रस्ताव, नमानेपछि कुटपिट गरेर गम्भीर घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on युवतीलाई जङ्गलमा लगेर विष खान प्रस्ताव, नमानेपछि कुटपिट गरेर गम्भीर घाइते.

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका एक युवाले विष खान नमानेपछि युवतीलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्। सो गाउँपालिकाको वडा नं ३ का ३३ वर्षीय सागर सुवेदीले सोही स्थान बस्ने सरिता रेश्मी माथि कुटपिट गरेका हुन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सागरले २७ वर्षीय सरितालाई जङ्गलमा लगेर विष खुवाउन खोजेको तर नमानेपछि निर्घात कुटपिट गरेका थिए। […]

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु.

भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति करीब १०ः३० बजे ना५३प ९७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले […]

लोकसेवाको अनुमतिविना स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लोकसेवाको अनुमतिविना स्थानीय तहले कर्मचारी भर्ना गर्न नपाउने.

काठमाडौं–स्थानीय तहले लोकसेवा आयोगको अनुमतिविना कर्मचारी राख्न नपाउने भएका छन् । सरकारले स्थानीय तहको सेवा–सर्त र सुविधासम्बन्धी तयार गरेको मापदण्डको मस्यौदामा तहले प्रादेशिक लोकसेवाको सिफारिसमा मात्रै कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था गरेको हो । कर्मचारी भर्नामा अनियमितता हुन सक्ने भन्दै न्यूनीकरण गर्न सरकारले मापदण्ड बनाउन लागेको हो । नगर प्रहरी, पाले, ड्राइभर र कार्यालय सहयोगीका […]

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने.

इन्धन ढुवानीमा सामान्य अवरोध हुनासाथ बजारमा पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल० अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ । आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पु¥याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ । उपभोक्ताको मागअनुसार इन्धन दिन नसकेर समय समयमा […]

हिन्दु देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हिन्दु देवीदेवताका नाम हटाउँदै सशस्त्र प्रहरी.

सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ । हाल सशस्त्र प्रहरीमा ६९ वटा गण÷गुल्म छन्, जसमध्ये २८ वटा देवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान […]

मन्त्रालयले नै खुवाउन थाल्यो मन्त्रीलाई तलब, तेल पनि मन्त्रालयले नै हालिदिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रालयले नै खुवाउन थाल्यो मन्त्रीलाई तलब, तेल पनि मन्त्रालयले नै हालिदिने.

मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई गत पुस महिनादेखिको तलब आफैले खुवाउन थालेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो । नयाँ व्यवस्था शुरु भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेको छैनन् । […]

चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चार किलो सुन तामा बनेको काण्डमा एसपी हटाइयो.

तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुर विक हटाइएका छन् । बुधबार उनलाई धादिङबाट सरुवा गरिएको छ । उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ । अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित उनलाई हटाइएको हो । २० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन […]

बलिउड नायिका राखी विराटनगरमा, लाइभ कन्सर्ट

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बलिउड नायिका राखी विराटनगरमा, लाइभ कन्सर्ट.

बलिउडकी नायिका राखी सावन्त विराटनगर आएकी छन् । नयाँ दिल्लीबाट पश्चिम बंगालको बागडोग्रा विमानस्थल हुँदै उनी मंगलबार साँझ विराटनगर आईपुगेकी हुन् । अन्य कलाकारसँगै राखीले आज विराटनगरमा आफ्नो प्रस्तुति दिँदै छन् । विवाद र चर्चामा आईरहने नायिका सावन्तले हट आइटम डान्स गरेर विराटनगरबासीलाई मनोरञ्जन दिनेछिन् । सावन्त फरर्फमेन्स दिने गोपाल फन पार्कमा बुलेट इन्टरनेशनल म्युजिक […]

मनाङमा १० वर्षयताकै उच्च हिमपात

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मनाङमा १० वर्षयताकै उच्च हिमपात.

६ दिनदेखि लगातार परेको हिमपातले मनाङका सरकारी कार्यालय तथा स्थानीय तहको सेवा प्रभावित भएको छ । ५ फिटसम्म जमेको हिउँले कार्यालयहरु खुलाउन नसकिएकाले सेवा नै प्रभावित भएको हो । कतिपय कार्यालयहरुका ढोकामै हिउँ जमेकाले समस्या भएको छ । हिउँ हटाएर कार्यालय खोल्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । कार्यालय तथा सडकमा जमेको […]