झापा । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले १७ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनदेखि पुससम्म पढ्नको लागि विदेश जाने नेपालीले १७ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेका छन् । यो गएको वर्षको ६ महिनाको भन्दा झण्डै पाँच अर्ब रुपैयाँले धेरै हो । यस्तै […]
झापा । कृषि विकास मन्त्रालयले कच्चा दूधको उपभोक्ता मूल्य निर्धारण गर्न सहमति दिएको छ। मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफका आधारमा मूल्य बढाउन दुग्ध विकास संंस्थान ९डीडीसी०लाई अनुमति दिएको हो। ‘दूध प्रशोधनको वैज्ञानिक लागत, नागरिकको पहुँच, उपभोक्ताको हित, सामाजिक न्याय र संस्थाको सामाजिक उत्तरदायित्वको आधारमा मूल्य निर्धारण गर्न सहमति दिइएको छ,’ मन्त्रालयद्वारा बुधबार […]
बिर्तामोड । पूर्वी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको करिब १० लाख मुल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले विशेष सूचनाको आधारमा मेचीनगर नगरपालिका– १ स्थित बौद्धमोड नजिकैबाट ९ लाख ७० हजार मुल्य बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । मेचीनगरको तिरीङ […]
काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई आज बेलुकासम्म अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ । यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा १०९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि […]
झापा । भन्सार महसुल लगायतका कर तिर्न नसकेको भन्दै चीनबाट ल्याइएका १८ वटा सार्वजनिक विद्युतीय बस भारतमा नै बेच्ने तयारी गरिएको छ । सुन्दर यातायात प्रालिले ल्याउन लागेका बस भन्सार तिर्न नसकिएको भन्दै भारतमा बेच्न लागिएको हो । सरकारले कर छुट भने पनि भन्सारमा यातायात दस्तुर लगायतका विभिन्न शीर्षकमा कर थप भएपछि तिर्न नसकेर १८ […]
विर्तामोड । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन हुनु भएको छ । मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहनु भएको छ। त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन। हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले पार्टीबाट अलग भएको बताए।उनी नयाँ पार्टी घोषणाको गृहकार्यमा छन् । ‘अन्यन्त पीडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन […]
काठमाडौं । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो । माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न सुरक्षा […]
झापा । सुनको भाउ आज ५०० रुपैयाँले बढेको छ । हिजो तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँमा पुगेको हो। यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
मङ्गलबारे । चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ । पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो । मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ । पहिरो झरेको माथिल्लो भागको भित्तो खनेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको छ । तत्कालका लागि […]