झापा । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन, उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो […]
झापा। चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ । हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका ६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरू […]
झापा । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला पर्नु भएको शर्माले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उज्यालो अन्लाइन […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको दाबी गरेका छन् । आइतबार काठमाडौंमा पार्टीका २४ जना मनोनीत पदाधिकारीलाई कार्यालयमा स्वागत गर्दै उनले पार्टीलाई बलियो र एकताबद्ध बनाउँदै अघि बढ्ने भन्दै पार्टीभित्र कसैको पनि असन्तुष्टि नरहेको बताएका हुन् । उनले निवर्तमान अध्यक्ष कमल थापासँग धेरै विषयमा छलफल भएको […]
विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले ८ जना मन्त्रीलाई आजै शपथ ग्रहण गराएका छन् । थपिएका मन्त्रीहरुमा माओवादीका उपनेता रामकुमार राई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री र माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगरलाई कृषिमन्त्रीमा नियुक्त गरिएको हो । यस्तै, सामाजिक विकास मन्त्रीमा नेकपा (एकीकृत समाजवादी) […]
नेपालमा कोरोनाविरुद्धको खोप एकैदिन अहिलेसम्मकै धेरै प्रयोगमा आएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार सात सय ९६ जनाले खोप लगाएका छन् । सरकारले यसअघि दैनिक पाँच लाखलाई खोप लगाउने बताए पनि लक्ष्य प्राप्ति हुन सकेको थिए । एकै दिन यति धेरै कोरोनाविरुद्धको खोप लगाएको रेकर्ड स्वास्थ्य मन्त्रालयमा थिएन । त्यसैले अघिल्ला दिन लगाएको खोपको विवरण […]
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका छन् । एमालेनिकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारीं) ले उपत्यकालगायत विभिन्न ठाउँमा राँके जुलुससहित प्रदर्शन गरेका हुन् । अनेरास्ववियुले बुधबार प्रदर्शनीमार्गमा राँके जुलुस प्रदर्शन गरेको छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जनताको ढाड सेक्ने गरी सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल खारेज गर्न माग […]
काठमाण्डौ – आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको सिमसार दिवसको नारा मानिस र प्रकृतिको लागि सिमसार कार्य भन्ने रहेको छ । सिमसार क्षेत्र पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि उपयोगी मानिन्छ । सिमसारले बाढी, पहिरो, अतिवृष्टि अनि अनावृष्टिलाई पनि प्राकृतिक सुरक्षा दिन्छ । सिमसार क्षेत्रको दलदले माटोले विश्वका […]
काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–३, सतपतियामा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । हिजो बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपर अनियन्त्रित भई घर अगाडि आगो तापिरहेका पाँचजनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विकको घटना स्थल मै र ४५ वर्षकै रामु […]
भद्रपुर । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले झापामा सरकारको विरुद्ध दिनहुँ जसो विरोध प्रदर्शन गरिरहेका छन् । यसै क्रममा युवा संघ नेपाल भद्रपुर नगर कमिटीले परमादेश सरकारको गलत रवैयाविरुद्ध भद्रपुरमा विरोध प्रदर्शन गर्दै कोण सभा सम्पन्न गरेको छ । युवा संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन र स्थानीय तहको निर्वाचन वैशाखभित्रै गर्न माग […]