Sajhamanch Archive

बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गयो

Published: in समाज by . Leave a Comment on बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गयो.

काठमाण्डौ । काठमाण्डौको बल्खुमा भ्यानले आमा–छोरालाई ठक्कर दिँदा छोराको ज्यान गएको छ । आमा घाइते भएकी छिन् । बा १३ च ६४१९ नम्बरको भ्यानले आज आइतवार दिउँसो पैदल हिँडिरहेका आमा–छोरालाई भ्यानले एकै साथ ठक्कर दिँदा भारत घर भएकी योगिता बन्सुरका पाँच वर्षीय छोरा आयुषको ज्यान गएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ । घाइते योगिताको बयोधा […]

नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले क्यानडाको ओन्टारियो क्लबसँग आज दोस्रो अभ्यास खेल खेल्दै.

काठमाण्डौ । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ओन्टारियो क्लबसँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । आजको अभ्यास खेल टी–२० फर्म्याटको हुनेछ । यसअघि शुक्रबार राति भएको एकदिवसीय खेलमा नेपालले ओन्टारियोलाई ६९ रनले हराएको थियो । क्यानडासँग दुई खेलको एकदिवसीय श्रृंखला अघि नेपालले […]

विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु.

झापा । विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् । २०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी […]

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार.

झापा । पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो । पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय […]

कोरोना सङ्क्रमण नेपालमा फेरि बढ्दै

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमण नेपालमा फेरि बढ्दै.

झापा । गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो […]

झापामा बजार अनुगमन स् १ वर्षमा १४ पटक मात्रै

Published: in समाज by . Leave a Comment on झापामा बजार अनुगमन स् १ वर्षमा १४ पटक मात्रै.

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले शुक्रवार बिर्तामोडको कृषिथोक बजारमा अनुगमन गरेको छ । सरकारको योजना अनुसार देशभर एकैदिन, एकै समयमा बजार अनुगमन गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रुद्रप्रसाद न्यौपाने कृषिथोक बजारमा फलफुल, माछामासु र तरकारी बजारमा अनुगमन गरिएको न्यौपानेले जानकारी दिए । उनले फलफुलमा विषादि हेरिएको बताए । बजारभित्र […]

डर, धाकधम्की देखाएर रकम असुल्ने दुईजना पक्राउ

Published: in समाज by . Leave a Comment on डर, धाकधम्की देखाएर रकम असुल्ने दुईजना पक्राउ.

मोरङ । डर, धाकधम्की देखाएर रकम असुल्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरीशनिश्चरे घर भई विराटनगर महानगरपालिका–४ कन्चनवारि बस्दै आएका ३९ वर्षीय गणेश कुमार कार्की र पथरीशनिश्चरे–६ का २६ वर्षीय विशाल ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूले विराटनगर ३ का मुकेश शर्मालाई पटक पटक फोनबाट डर धम्की […]

झापाको अर्जुनधारामा बोराभित्र फेला परेको शव भारतीय नागरिक भएको खुलासा

Published: in समाज by . Leave a Comment on झापाको अर्जुनधारामा बोराभित्र फेला परेको शव भारतीय नागरिक भएको खुलासा.

झापा । झापाको अर्जुनधारामा बोराभित्र फेला परेको पुरुषको शव भारतीय नागरिक भएको खुलेको छ । उनको हत्या गरी बोराभित्र हालेर फ्याँकिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले आज दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय अनारमनिमा पत्रकार सम्मेलन गरी […]

निजामती सेवा ऐन ल्याउने तयारी

Published: in समाज by . Leave a Comment on निजामती सेवा ऐन ल्याउने तयारी.

झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै ३ वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ। संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो। अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयक संसद्बाट पारित गरी ऐनको रूपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले […]

नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on नेपाली विद्यार्थीलाई अस्ट्रेलिया भिसामा कडाइ.

झापा । वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए । नेपालबाट अस्ट्रेलियाको भिसाका लागि औसतमा […]