झापा । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी’ नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । […]
झापा । प्रदेश १ का धनकुटा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । धनकुटा छथरजोरपाटी गाउँपालिका १ हातिखर्क मावि बुङका २९ वर्षीय लक्ष्मण लिम्बु छिमेकीको घरको बिजुली बनाउनको लागी बिजुलीको पोलमा चढ्दा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सुनसरी इनरुवा नगरपालिका १ पूर्व टोल का ४४ वर्षीय कुलदेव सदाले […]
झापा । चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुरस्थित नौतले दरबार आगामी मङ्सिरमा सर्वसाधारणका लागि खोल्ने तयारी भइरहेको छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दिप खनालले आगामी मङ्सिरसम्ममा पुनर्निर्माणका सबै काम सम्पन्न भई सर्वसाधारणको लागि खुला हुनेछ। नौ तले दरबारको अधिकांश काम सकिएसँगै स्काफोल्डिङ निकालिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरु गरेको थियो । सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उहाँको […]
झापा । भारतले आज (शुक्रबार्र) देखि एक पटक प्रयोग गर्न मिल्ने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ । देशभर लागू हुने गरी लगाइएको यो नियमबाट दैनिक प्रयोगमा आउने प्लास्टिकबाट बनेका कैयौं सामाग्रीहरुको बिक्री तथा प्रयोग गर्न बन्देज लगाइएको हो। भारतको केन्द्रीय पर्यावरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामाग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन […]
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् । भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका […]
काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ […]
काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ । फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हो । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । […]
झापा । देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन अनुमान गरिएको छ। बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती […]