झापा । झापाको बुद्धशान्ति –५ आयाबारीमा एउटा हात्ती मृत अबस्थामा भेटिएको छ । स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मर्नुको कारण खुलिसकेको छैन । हाल मृत हात्तीलाई स्थानीय, डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन्। हात्ती मर्नुको कारण विज्ञ आएर अध्ययन गरेपछि मात्र थाहा हुने […]
झापा । जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीशदेखि अपहरण र बलात्कार पीडितलाई नै सजाय सुनाउने न्यायाधीशसम्म छन् । सबुद प्रमाण बलियो हुँदाहुँदै स्वविवेकी अधिकार प्रयोग गर्दै पीडितलाई अन्याय हुनेगरी फैसला गर्ने न्यायाधीश छानबिनका लागि […]
काठमाण्डौ । शेयर बजार आज बिहीवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो बुधवार साढे ४१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ७४ दशमलव ९३ अङ्कले बढेर २ हजार ३७ दशमलव ६४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । २ […]
बिर्तामोड । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् । बिमली वर्ष २०२२ २३ का लागि अध्यक्ष भएका हुन् । त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन भएकी छन् भने मनोनित अध्यक्षमा सरेश अग्रवाल चयन भएका छन् । क्लबको उपाध्यक्षमा प्रकाश शिवाकोटी र दिपक गिरी तथा सचिवमा सञ्जीव घिमिरे चयन […]
बिर्तामोड । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन ल्याउने विषयमा सरकारले चरम बेवास्ता गर्दै आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको नयाँ मस्यौदा बनाउनुपर्नेमा पुरानैलाई अघि बढाउन थालेपछि विवाद भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संघीय निजामती सेवा विधेयकलाई […]
रुपन्देही । बुटवलमा जङ्गली च्याउ खाँदा १५ जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीका अनुसार बुटवल–१२ नयाँगाउँका ६ जना र बुटवल ४–लक्ष्मीनगरका ९ जना जङ्गली च्याउ खाएर बिरामी परेका हुन् । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आईसीयूमा उपचार भइरहेको छ । अरु […]
काठमाण्डौ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) र रोयल हेरिटेज अस्ट्रेलियाबीचको सम्झौता अनुसार नेपाली टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको हो। क्यान र रोयलबीचको सम्झौता अनुसार नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १० दिनको अस्ट्रेलिया भ्रमण गराइने उल्लेख छ । नेपाली टोलीको अस्ट्रेलिया भ्रमणको तयारी भइरहेको […]
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले देशको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन। हिजो नेपाल चार्टर्ड अकाउन्टेन्ट सङ्घको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा सङ्कट देखापरेको […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा हैजाका बिरामीको सङ्ख्या बढ्दै गएको छ । हिजो थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै असार २ गतेदेखि असार १५ गतेसम्म काठमाण्डौमा १४ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिए। उनका अनुसार हैजा पुष्टि हुनेमा चार जना महिला र १० जना […]
झापा । झापाको कमल–४ चुलाचुलीमोडमा ट्रकको ठक्करबाट दमकका एक सहकारीकर्मीको मृत्यु भएको छ । दमकस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत कर्मचारी दीपक नेपालको सवारी दुर्घटनामा मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल–४ चुलाचुली मोेडमा बुधबार राती ११ः२० बजे ट्रकको ठक्करबाट घाइते दमक–९ का ३६ वर्षीय नेपालको दमक अस्पतालमा उपचारका क्रममा मृत्यु […]