Sajhamanch Archive

वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो

Published: in खेलकुद by . Leave a Comment on वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो.

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगेको छ । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य दिएको थियो। यूएई १९ […]

एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै

Published: (Updated: ) in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, विश्व समाचार by . Leave a Comment on एसीसी महिला टी–२० च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भोलि नेपाल र युएई भिड्दै.

झापा । एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा भोलि नेपालले बलियो टोली संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुर स्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ । नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि […]

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप आजदेखि, विद्यालयमा नै खोप केन्द्र.

झापा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले पायक पर्ने विद्यालयमा खोप केन्द्र तोकेर दुई चरणमा गरी बालबालिकालाई खोप दिन लागेको बताए। पहिलो चरणमा आजदेखि १५ गतेसम्म २७ जिल्लामा खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि […]

वैशाखयता ८०५ विपदका घटना, ८२ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on वैशाखयता ८०५ विपदका घटना, ८२ जनाको मृत्यु.

झापा । वैशाखयता विपदका घटनामा ८२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार गत वैशाख १ देखि बुधबारसम्म ८०५ वटा विपद्का घटना भएका छन्। सबै भन्दा बढी चट्याङ लागेर २७ जनाको मृत्यु भएको छ। त्यस्तै वन्यजन्तुको आक्रमणबाट १२, पहिरोमा परेर १०, आगलागीबाट १९ र हावाहुरीको कारण आठजनाको मृत्यु भएको छ। […]

अटो रिक्साको भाडा बढाउनुपर्ने भन्दै बिर्तामोडमा चालकको प्रदर्शन

Published: in समाज by . Leave a Comment on अटो रिक्साको भाडा बढाउनुपर्ने भन्दै बिर्तामोडमा चालकको प्रदर्शन.

बिर्तामोड । इन्धनको मूल्य बढेकाले अटो रिक्साको भाडा पनि बढाउनुपर्ने मागसहित बिर्तामोडका अटो चालकहरूले प्रदर्शन गरेका छन् । बिर्ता बजारबाट र्‍याली सुरु गरी बिर्तामोड बजार परिक्रमापछि उनीहरूले मुक्ति चौकमा कोणसभा गरेका थिए । उनीहरूले लोकल भाडा ५० रुपैयाँ तोकिनु पर्ने माग गरेका छन् । पेट्रोल प्रतिलिटर ९४ रुपैयाँ हुँदा लोकल भाडा ३० रुपैयाँ तोकिएको थियो […]

झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on झापामा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु.

झापा । झापाको मेचिनगर नगरपालिका–१५ ज्यामिरगढी भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ बुधवार बेलुका सवा ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको गरेको प्रदेश १–०१–००१ ह ८६०१ नम्बरको सिटिलाई सोहि दिशा तर्फ जादै गरेको प्रदेश १–०१–००१ क ११४६ नम्बरको मिनीट्रकले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा मेचिनगर–९ का ४३ बर्षीय रमेश कट्वाल […]

नेपालमा बढ्न थाल्यो विद्युतीय गाडीको आयात

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालमा बढ्न थाल्यो विद्युतीय गाडीको आयात.

काठमाडौं । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको […]

हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ

Published: in समाज by . Leave a Comment on हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ.

खोटाङ । हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनको बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् । घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलगढीबाट मंगलबार पक्राउ […]

अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अफगान भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुग्यो.

काठमाडौँ । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या २८० पुगेको छ । पाक्तिकाको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर बुधबार बिहान ६ दशमलब १ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महसुस गरिएको थियो । भूकम्पमा १५० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर […]

कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on कम्बोडियामा भेटियो ३ सय केजी तौल भएको संसारकै ठूलो माछा.

काठमाडौं । कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ। नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ। यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो । यद्यपि विश्वमा ताजा पानी (फ्रेस […]