काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्। लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए। उनले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नगर्न निवेदन दिएका हुन्। ‘दुइटा निवेदन आएका छन्। आयोगले पार्टी दर्ताको निवेदन र […]
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन । सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित […]
काठमाण्डौ । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ । कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको […]
बारा । बारामा १६ वर्षीया किशोरीलाई अपहरण गरेर भारत लगी बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । अपहरण, शरीर बन्धक, जबरजस्ती करणी एवम् मानव बेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका कलैया उपमहानगरपालिका–७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । अंसारी समेत ३ जनाले २०७७ फागुन […]
काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन […]
झापा । प्रदेश नं १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तहअनुसारको दर्ज्यानी चिह्न अङ्कित पोसाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासीन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै […]
बुद्धशान्ति। हात्ती धपाउन गएका एक किशोरको सर्पदंशबाट मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित खारखोला निवासी १५ वर्षीय किशोर अजित तामाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मङ्गलवार राती ९ बजे गाउँमा हात्ती पसेका थिए । गाउँलेसँगै हात्ती धपाउन गएका तामाङलाई विषालु सर्पले डसेको थियो । त्यसपछि […]
झापा । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बाँकी […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी […]
काठमाण्डौ । पछिल्लो समय लगातार ओरालो लागिरहेको शेयर बजार आज मङ्गलवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव ४९ अङ्कले बढेर १ हजार ९ सय २२ दशमलव ३० विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । यस्तै २ सय ३१ वटा कम्पनीको ३७ […]