Sajhamanch Archive

जनार्दन शर्मा प्रकरणः शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जनार्दन शर्मा प्रकरणः शुक्रवार अर्थ सचिव र राजस्व सचिवसँग छलफल गरिने.

काठमाण्डौ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजस्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ । आज बिहीवार सिंहदरवारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित कागज तथा विवरण नआएकाले एजेन्डामा छलफल हुन नसकेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए। […]

एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on एकै दिन २६० जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । जसमध्‍ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा […]

एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on एसईईको प्रश्नपत्र ९ लाखमा बिक्री.

झापा । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का प्रश्नपत्र ९ लाख २३ हजार ६५० मा बिक्री गरिएको एसईई परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । कोभिड–१९ का कारण २०७७ सालमा एसईई सञ्चालन हुन नसकेपछि प्रश्नपत्र पनिकामा राखिएको थियो । ५२ हजार ७८० केजी प्रश्नपत्र केजीको साढे १७ रुपैयाँले विक्री गरिएको कार्यलयले जनाएको छ । कार्यालयले […]

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

Published: in समाज by . Leave a Comment on विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी.

विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ । आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी […]

भद्रपुरमा शृंखलाबद्ध चोरीः घटनामा संलग्न थप एकजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भद्रपुरमा शृंखलाबद्ध चोरीः घटनामा संलग्न थप एकजना पक्राउ.

बिर्तामोड । भद्रपुर बजारमा शृंखलाबद्ध चोरीका घटनामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ५ देवी बस्ती बस्ने रामप्रसाद सहनीको छोरा १९ वर्षीय वरुण सहनी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । फरार रहेका सहनीलाई बुधवार बेलुका ८ बजे सिराहा जिल्ला मिर्चैया नगरपालिका १ मल्हनिया स्थित आफन्तको घरबाट […]

इलाममा पनि भेटियो ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on इलाममा पनि भेटियो ‘नाइरोबी फ्लाइ’ का सङ्क्रमित.

इलाम । इलाममा पनि ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकालगायतमा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो रङ भएको लामखुट्टेजस्तो किराको टोकाइले यसको सङ्क्रमण हुने जनाइएको छ । साथै यस्ता किराका मलमूत्रले समेत […]

काँकडभिट्टाबाट छुटेको बसको डिकीमा दुई लाखको कपडा बरामद

Published: in समाज by . Leave a Comment on काँकडभिट्टाबाट छुटेको बसको डिकीमा दुई लाखको कपडा बरामद.

झापा । काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्राएको अवैध कपडा प्रहरीले यात्रुवाहक बसको डिकीबाट बरामद गरेको छ । कमल–३ मा मङ्गलवार बिहान साढे ११ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आरआइटी समूह र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले पूर्वी नाका काँकडभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख ६४३३ नम्बरको यात्रु […]

निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै झापाका कर्मचारी सङ्गठनहरूले बुझाए ज्ञापनपत्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on निजामती सेवा ऐन जारी गर्नुपर्ने भन्दै झापाका कर्मचारी सङ्गठनहरूले बुझाए ज्ञापनपत्र.

झापा । सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गरी कार्यान्वयनमा ल्याउन कर्मचारी सङ्गठनहरूले माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र आधिकारिक ट्रेड युनियनले निजामती सेवा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । […]

११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेको बढ्यै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, विदेश जाने बढेको बढ्यै.

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा ९ खर्ब ४ अर्ब रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । गएको साउनदेखि जेठसम्म ९ खर्ब ४ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो अघिल्लो आर्थिक वर्षको ११ महिनाको तुलनामा ३ दशमलव ८ प्रतिशतले धेरै हो । तर रेमिट्यान्सको वृद्धिदर भने कम भएको […]

कोरोना संक्रमित बढ्दै, थप १६८ जनामा संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित बढ्दै, थप १६८ जनामा संक्रमण पुष्टि.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा गरिएको परीक्षणमा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।