Sajhamanch Archive

राष्ट्रियसभाः मंगलबार सात मन्त्रालयको बजेटमाथि छलफल हुने

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रियसभाः मंगलबार सात मन्त्रालयको बजेटमाथि छलफल हुने.

काठमाडौं ।  राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ। सोमबारको बैठकमा विनियोजन विधेयक […]

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु.

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् । गम्भिर घाइते भएका कुसुमलाललाई उपचारको लागी विराटनगरस्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । घाइते […]

मूल्यवृद्धि पछि पनि आयल निगम मासिक ४ अर्ब ७० करोड घाटामा

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on मूल्यवृद्धि पछि पनि आयल निगम मासिक ४ अर्ब ७० करोड घाटामा.

झापा । गए राति १२ बजेदेखि इन्धनको मूल्यमा भारी वृद्धि गरेको नेपाल आयल निगमले अझै पनि ठुलो घाटा रहेको जनाएको छ । बढेको मूल्यअनुसार पनि निगमले आउँदो एक महिनामा कुल ४ अर्ब ७० करोड नोक्सानी रहने अनुमान गरेको छ । योमध्ये खाना पकाउने एलपी ग्यासबाट सबैभन्दा धेरै २ अर्ब २८ करोड नोक्सानी पर्ने निगमले विज्ञप्तिमार्फत […]

खाँदबारीको सागममा पहिराले एक घर पुरियो

Published: in समाज by . Leave a Comment on खाँदबारीको सागममा पहिराले एक घर पुरियो.

संखुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ सागममा पहिराले एक घर पुरिएको छ । लगातार वर्षासँगै आएको पहिराले गएराति खाँदबारी–६ सागममा स्थानीय पर्वत राईको घर पुरिएको वडाध्यक्ष अर्जुन तामाङले जानकारी दिए । गएराति साढे ८ बजे घर माथिबाट आएको पहिराले राईको घर पुरिएको हो । मानवीय क्षति भने नभएको वडाध्यक्ष तामाङले बताए । राईको परिवारले भागेर ज्यान […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

Published: in अर्थतन्त्र, राजनीति by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ.

काठमाडौं । प्रतिनिधि सभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरुले उठाउनुभएको विषय (पेट्रोलियम पदार्थको मूल्यवृद्धि) मा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु’ सभामुख […]

सगरमाथा क्षेत्रका घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण बढ्यो

Published: in समाज by . Leave a Comment on सगरमाथा क्षेत्रका घरपालुवा जनावरमा हिमाली ब्वाँसोको आक्रमण बढ्यो.

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आक्रमण बढ्दै गएको छ । केही वर्षयता यस क्षेत्रको घरपालुवा जनावरहरूमा हिमाली ब्वाँसोको आक्रमण अत्याधिक बढेको तथ्याङ्कले पुष्टि गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्क अनुसार सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३ सय २३ वटाभन्दा बढी घरपालुवा जनावर मारिएका […]

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन.

काठमाण्डौ । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि ठाउँठाउँमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ । मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ । यस्तै, यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा […]

सङ्खुवासभाको चिचिलामा पहिरोबाट १० परिवार विस्थापित

Published: in समाज by . Leave a Comment on सङ्खुवासभाको चिचिलामा पहिरोबाट १० परिवार विस्थापित.

सङ्खुवासभा । लगातार परेको वर्षाका कारण सङ्खुवासभाको चिचिला गाउँपालिका भित्रका विभिन्न ठाउँमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । गाउँपालिका भित्रका वडा नम्बर १ मा ६ घर र वडा नम्बर ३ मा ४ घरपरिवार पहिरोबाट विस्थापित भएका हुन् । वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् । […]

५–११ वर्षका बालबालिकालाई आयो खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ५–११ वर्षका बालबालिकालाई आयो खोप.

झापा । अब नेपालका पाँचदेखि एघार वर्षमुनिका बालबालिकाले पनि कोभिड–१९ विरुद्धको खोप लगाउन पाउने भएका छन् । आइतबार अमेरिकाबाट आइपुगेको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो लटको २२ लाख ३ हजार २ सय मात्रा खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै ५–११ वर्षका बालबालिकालाई लक्षित गरी प्रदान गरिएका यी […]

पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पहिरोले खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध.

खाँदबारी । लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका […]