Sajhamanch Archive

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा.

झापा । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका […]

अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान

Published: in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on अग्निपथ योजनाको विरोधमा भारत बन्दको आह्वान.

नयाँ दिल्ली । सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्व सन्ध्यामा आज बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च सतर्कता अपनाएको छ । अग्निपथ योजनाको विरोधमा विशेषतः युवाहरू क्रुद्ध बनेका छन् । सरकारले अन्याय र अव्यवहारिक योजना ल्याएकाले त्यो फिर्ता हुनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । हालै सरकारले ल्याएको […]

झापाको रतुवा खोलामा बाढी, २५ घर डुबान हुँदा १३ परिवार विस्थापित

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on झापाको रतुवा खोलामा बाढी, २५ घर डुबान हुँदा १३ परिवार विस्थापित.

झापा । लगातार वर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन् । गएराति ९ः५५ बजेको समयमा अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको बस्तीमा कटान गरेको हो । कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती […]

हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on हुम्लाका ५७ विद्यार्थीमा देखियो ठेउला.

झापा । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको एक विद्यालयको छात्रावासमा बस्दै आएका ठूलो सङ्ख्याका विद्यार्थीलाई ठेउला (चिकेन फक्स) रोग देखिएको आशङ्का गरिएको छ । वडा नं ४ को याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा ठेउलासँग मिल्ने लक्षण देखिएकाले उक्त रोगको आशङ्का गरिएको हो । स्वास्थ्यसेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले एक विद्यार्थीमा देखिएको ठेउला अन्य ५७ विद्यार्थीमा […]

प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने संसदीय समितिको निर्णय

Published: in राजनीति by . Leave a Comment on प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने संसदीय समितिको निर्णय.

काठमाण्डौ । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आज आइतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो । समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको […]

हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे, १ अर्ब १३ करोड रुपैयाँको कारोबार

Published: in अर्थतन्त्र by . Leave a Comment on हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे, १ अर्ब १३ करोड रुपैयाँको कारोबार.

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३७ दशमलव २७ अङ्कले घटेर १ हजार ९ सय ३४ दशमलव ११ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । […]

पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु.

झापा। मोरङको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर १ बालकसहित २ जनाको मृत्यु भएको छ । मोरंङको जहँदा गाउँपालिका–४ बस्ने ६५ बर्षीया बुधियादेवी मुखिया जेठ ३ गते माईत जान्छू भनी हिडेकोमा शनिवार बिहान घरदेखी केही मिटरको दुरीमा रहेको माछा पोखरीमा डुबेर मृत फेला परेको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली खटि गई […]

मोटरसाइकल चोरी गर्नेको कोठाबाट पेस्तोल बरामद

Published: (Updated: ) in समाज by . Leave a Comment on मोटरसाइकल चोरी गर्नेको कोठाबाट पेस्तोल बरामद.

झापा । मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका पुरुषको डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोलसमेत फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा मोटरसाईकल चोरी अनुसन्धानको क्रममा पक्राउ परेका जिल्ला मोरङ बुढीगंगा गाउपालिका वडा नं.६ बस्ने ३२ वर्षीय विनोद चौधरीको जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं.३ स्थित डेरा कोठामा खानतलासीको क्रममा चाइनिज पेस्तोल १ थान, सोको म्यागाजिन […]

मदन भण्डारी स्पोटर्सले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने

Published: in खेलकुद, समाज by . Leave a Comment on मदन भण्डारी स्पोटर्सले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने.

झापा । मदन भण्डारी स्पोर्टस एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । एकेडेमीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिने जनाएको छ । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले ७१ औं मदन जयन्तीको अवसरमा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराए । एकेडेमीले […]

बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण.

विर्तामोड । झापाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ। स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिधि आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो। नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजंगल, पर्यटन, व्यापार–व्यवसायलगायत विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतरा प्रसाईंले जानकारी […]