काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलहरु सकाएर नेपाली टोली स्वदेश फर्किएको छ । छनोटबाट बाहिरिएको नेपाली टोली बिहीबार स्वदेश फर्किएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने कुवेतमा नै बसेका छन् । उनले केही समयको विदा मागेर कुवेत […]
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र.३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा aगम्भीर घाइते भएका उनको […]
चितवन । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी युवतीको शव बाघले खाएको अवस्थामा फेला परेको छ। भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहान ७ बजे स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघले लगेको थियो। उनलाई खोज्ने क्रममा मध्यान्न १२ बजे बाघले खाईरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । नेपाली क्रिकेटमा ठूलो कम्पनीको लगानी भित्रिनु खुसीको कुरा हो । तर, लगानीकर्तालाई नै सम्पूर्ण क्रिकेटको जिम्मेवारी दिँदा यसले कुन किसिमको सन्देश जान्छ भन्ने हो । यतिबेला नेपाली क्रिकेट भारतीय कम्पनी ‘सेभेन थ्री स्पोर्ट्स प्रा।लि।’ को हातमा भएको जनाउँछ । क्यानले एसथ्रीलाई सम्पूर्ण कमर्सियल राइट्स बेचेको छ । क्यानले नेपाल टी–ट्वान्टी लिगको घोषणासभामा एसथ्रीलाई […]
झापा । बिर्तामोड नगरपालिकाको आयोजना तथा बिर्तामोड नगर स्काउट तदर्थ समितिको संयोजनमा ४९२ औं बिटिसी तथा ३६० औं पिटिसी तालिम सम्पन्न भएको छ । ५ रात र ६ दिनको आवासीय तालिम एमिटी एजुकेसन फाउन्डेसनमा भएको हो । नगर स्काउट संरक्षक मेयर र नगर स्काउट प्रमुख उपमेयर पदेन रहने व्यवस्था भएकाले प्रदेश नम्बर १ का स्काउट […]
झापा । झापाको कमल गाउँपालिका–५ मा अलपत्र अवस्थामा रहेको आदिवासी रंगशाला निर्माणको दायित्व प्रदेश सरकारले लिएको छ । केन्द्र सरकारले २०६७ सालमा निर्माण थालनी गरे पनि बीचमा अलपत्र छाडेको थियो । आर्थिक वर्ष २०७९/ २०८० को बजेट भाषणका क्रममा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले अब प्रदेश सरकारले आदिवासी रंगशाला निर्माण गर्ने उद्घोष गरे […]
झापा । झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रदेश सरकारको १८ करोड बजेट दिने भएको छ । सँगै मेची अस्पतालमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका थिए । मेची अस्पतालको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको […]
झापा । अर्जुनधारा नगरपालिका–७ मा समाज उद्धार कल्याण संघको स्वामित्वमा रहेको जमिनमा प्रक्रियाभन्दा बाहिर रहेर सङ्घीय सरकार तथा स्थानीय सरकारले लगानी गरेको खुलेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेल ग्राम नीति अन्तर्गत रहेर खेलकुद स्टेडियम निर्माणका लागि सरकारले नै प्रक्रियाभन्दा बाहिर गएर करोडभन्दा बढी रकम लगानी गरेको हो […]
काठमाडौं । जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन पाउने व्यवस्था बन्द भएको हो […]
दाङ । महिला र बालिकालाई कुटपिट गरेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ। इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेकी बिमलालाई थप अनुसन्धानका लागि भन्दै घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। जिल्ला प्रहरी प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेसहितको प्रहरी टोली पुगेर राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको हो। एसपी […]