Sajhamanch Archive

इटहरी बजारमा छिरेको चितुवा नियन्त्रणमा

Published: in समाज by . Leave a Comment on इटहरी बजारमा छिरेको चितुवा नियन्त्रणमा.

झापा । बाक्लो बस्ती रहेको सुनसरीको इटहरी बजारमा भेटिएको चितुवा नियन्त्रणमा लिईएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा प्रदेशका वन्यजन्तु विज्ञ पुरुषोत्तम पाण्डे र कोसी टप्पु वन्यजन्तु आरक्षको टोलीले चितुवा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवा जिल्ला वन कार्यालयको जिम्मा लगाइएको र औषधी उपचार पछि पुनः जङ्गलमा छाडिने इलाका प्रहरी कार्यालय इटहरीका […]

१४० दिनपछि त्रिविको ताला खुल्यो

Published: in शिक्षा, समाज by . Leave a Comment on १४० दिनपछि त्रिविको ताला खुल्यो.

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । “ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ”, उनले […]

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को अडिसन सम्पन्न

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मुख्य समाचार, समाज by . Leave a Comment on मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को अडिसन सम्पन्न.

काठमाडौं । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन–३ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो । गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा […]

एकै चरणमा कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी छः प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on एकै चरणमा कात्तिक मसान्त वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी छः प्रचण्ड.

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेश सभा चुनावको तयारी भइरहेको बताएका छन्।कात्तिक मसान्त वा मंसिर पहिलो साता संघीयरप्रदेश सभा चुनाव हुने भएकोले तयारी गर्न उनले नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। आज बर्दिया पुगेका उनले पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय चुनावजस्तै एकै चरणमा संघीयरप्रदेशको चुनाव गर्ने तयारी रहेको बताए।‘संघीय र […]

१० वटा कछुवासहित दुई जना पक्राउ

Published: in समाज by . Leave a Comment on १० वटा कछुवासहित दुई जना पक्राउ.

काठमाडौं । अवैध वन्यजन्तु कछुवासहित दुई जना पक्राउ परेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० कछुवासहित काठमाडौँ कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा […]

नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on नेपालमा छैन मल, भारतबाट लुकाई छिपाइ मल भित्राउँदै झापाका किसान.

झापा । नेपाली बजारमा मल नपाए पछि झापाको सीमावर्ती नाकाबाट किसानले भारतबाट लुकाइ छिपाइ अवैध रूपमा महँगो मुल्य तिरेर मल किन्नु पर्ने बाध्यता छ । हरेक वर्ष खेतीको सिजनमा मलको अभाव झेल्दै आएका किसानले यस वर्ष लामो समय देखि मलको अभाव झेल्नु परेको छ । पूर्वी नेपालको बजारहरूमा मल अभाव भए पछि दक्षिण झापाको सीमावर्ती […]

प्रदेश १ मा मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम

Published: in टिप्स/जानकारी, समाज by . Leave a Comment on प्रदेश १ मा मनसुनी वायुको प्रभावः यस्तो रहनेछ आजको मौसम.

झापा । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भूभागमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार बिहान प्रदेश नं १, मधेश प्रदेश, […]

बञ्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ

Published: in समाज by . Leave a Comment on बञ्चरो प्रहार गरी भाइको हत्या गर्ने दाजु पक्राउ.

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–४ स्थितमा बञ्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–४ का ३० बर्षीय देबराज धामी रहेका छन । देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते देव कुमारलाई घर परिवारका मानिसले […]

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै

Published: in मिडियाबाट साभार by . Leave a Comment on न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै.

झापा । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो । न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ […]

पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on पाँच महिनामा पाँच लाखभन्दा बढीले छोडे देश.

काठमाडौं । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन् । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ । विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली […]