Sajhamanch Archive

किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

Published: in विविधा, समाज by . Leave a Comment on किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ.

काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले किसानहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधि सभाको आज आइतवारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। उनले किसानहरूलाई यथाशीघ्र मल उपलब्ध हुने गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरेका छन । उनलृ भने, ‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको […]

जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ लाई कारवाही गरिने.

बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर भत्ता लिनेमा १४ जना भेटिएका छन् । उनीहरुलाई कारबाही र जरिवाना हुने भएको छ । सामाजिक सुरक्षा भत्ता लिएको जनाउँदै जिल्ला प्रशासन कार्यालयमा आएको उजुरीको आधारमा यस्तो खुल्न आएको हो । यसका साथै वडास्तरमा राष्ट्रिय […]

सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते

Published: in समाज by . Leave a Comment on सुनसरीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ६ जना घाइते.

सुनसरी । सुनसरीको कोशी गाँउपालिका–५ मा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री सुनसरीको कोशी गाँउपालिका–७ का अन्दाजी १८ बर्षीय श्रवण कुमार मेहेता रहेका छन् । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिराटनगर स्थित विराट नर्सिङ होममा मृत्यु भएको […]

सुनको मूल्य एकै दिन १५ सयले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य एकै दिन १५ सयले बढ्यो.

काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आइतबारको बजारमा खरिद बिक्रीका लागि छापावल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको ९८ हजार ७ सय […]

पत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ

Published: in समाज by . Leave a Comment on पत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ.

गुल्मी । गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् । ती महिलाको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको […]

सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सन्तोषले ल्याए टेलिश्रृखंला ‘मालामाल’.

काठमाडौं । कमेडी विषयमा निर्माण भएको टेलिश्रृखंला ‘मालामाल’ अव दर्शकले हेर्न पाउने भएका छन् । निर्देशक सन्तोष खनालले श्रृखंला हरेक शुक्रबार राति ८ बजे ओएसआर डिजिटलबाट रिलिज हुन लागेको निर्देशक सन्तोषले जानकारी दिए । राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचार्य, निशा पाख्रीन तामाङ, ठाकुर गुरुङ, चन्द्र पाण्डे, तिलक कोइराला […]

मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा विद्युत् उत्पादन बन्द.

काठमाण्डौ । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ । ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको हो । गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण […]

अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयीः श्रृङ्खला अस्ट्रेलियालाई

Published: in खेलकुद by . Leave a Comment on अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयीः श्रृङ्खला अस्ट्रेलियालाई.

काठमाण्डौ । अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो । जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन […]

तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते

Published: in समाज by . Leave a Comment on तनहुँमा चितुवाको आक्रमणबाट आठ वर्षीया बालिका घाइते.

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका–४ टावरमा हिजो बेलुका एक बालिका घाइते भएकी छिन् । घाइते हुनेमा आठ वर्षीया रियाना थापा रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते बालिकाको डुम्रेमा रहेको मोती मेडिकल कलेजमा उपचार भइरहेको छ । चितुवाको दुई वटा नङ्ग्राले बालिकाको घाँटीमा चिथोरेको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए […]

मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मतदाता नामावलीमा ७ प्रतिशतसम्म मृत्यु भएका मतदाता.

झापा । मतदाता नामावलीमा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाता रहेको आङ्कलन गरिएको छ । तथ्याङ्कविद् एवं केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मी भन्छन् , “नमुना सङ्कलन गरिएका स्थानीय तहका मृतक मतदाता र कुल मतदाता सङ्ख्यालाई भाग गरी आउने प्रतिशतलाई औसत मृतक मतदाता प्रतिशतका रूपमा लिन सकिन्छ ।” यस आधारमा तथ्याङ्कविद् रेग्मीकै विधि पछ्याउँदा देशव्यापी रूपमा […]