Sajhamanch Archive

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु.

झापा । तेह्रथुम र पाँचथरको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ को भित्री सडक खण्डबाट म्याङ्लुङबाट तमोर तर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका ५ ईसिबुका २६ वर्षीय रबिन […]

सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गरिने.

झापा । सरकारले कर्मचारी प्रशासनलाई चुस्तदुरुस्त पार्न सरकारी सेवाका १० प्रतिशत कर्मचारीको दरबन्दी कटौती गर्ने भएको छ। सरकारी सेवामा रहेका अनावश्यक सङ्गठन संरचना खारेज गरी बाँकी रहेका कर्मचारीलाई थप सेवा सुविधा प्रदान गर्नेगरी सरकारी सेवाका कर्मचारीको दरबन्दी कटौती गर्न लागिएको हो। सरकारले आगामी आर्थिक वर्ष २०७९–२०८० को बजेटमा सङ्घीय निजामती र अन्य सेवाका कर्मचारीको दरबन्दी […]

मेची अस्पतालको स्तरोन्नती गर्ने प्रदेश सरकारको तयारी

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पतालको स्तरोन्नती गर्ने प्रदेश सरकारको तयारी.

झापा । प्रदेश १ सरकारले झापाको भद्रपुरस्थित मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०७९–२०८० का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम पेस गर्दै प्रदेश प्रमुख परशुराम खापुङले मेची अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरी ‘सेन्टर फर एक्सिलेन्स’ का रुपमा विकास गर्ने बताएका हुन् । […]

बिर्तामोडबाट ब्राउनसुगर र ३ लाख रुपैयाँसहित २ जना पक्राउ

Published: in समाज by . Leave a Comment on बिर्तामोडबाट ब्राउनसुगर र ३ लाख रुपैयाँसहित २ जना पक्राउ.

बिर्तामोड । झापाको बिर्तामोडमा लागू औषध ब्राउन सुगर कारोबार गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट नगद २ लाख ८४ हजार ७ सय रुपैयाँ र १६ ग्राम ब्राउन सुगर समेत बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गर्ने बिर्तामोड नगरपालिका ५ निवासी ४६ वर्षीय बिजेन राजवंशी र पाँचथर जिल्ला फिदिम – ७ […]

पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि राजधानीमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” असार २ गतेदेखि राजधानीमा.

काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागिएको हो । विगतका राजनीतिक […]

प्रदेश १ को नीति तथा कार्यक्रमः कृषि क्षेत्रलाई उच्च प्राथमिकता

Published: (Updated: ) in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश १ को नीति तथा कार्यक्रमः कृषि क्षेत्रलाई उच्च प्राथमिकता.

झापा । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका […]

राष्ट्रियसभामा चार प्रतिवेदन पेस

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्रियसभामा चार प्रतिवेदन पेस.

काठमाडौं । राष्ट्रियसभामा चार प्रतिवेदन पेस गरिएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट परराष्ट्रमन्त्री डा.नारायण खड्काले राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय सूचना आयोग र महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७–२०७८ पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भोलि बिहीबार दिउँसो १ बजे बस्नेछ ।

रसुवामा विद्युत् आपूर्ति बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रसुवामा विद्युत् आपूर्ति बन्द.

रसुवा । ६६ केभी प्रसारण लाइनमा समस्या आएपछि रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, स्थित ठूलोभार्खुमा रहेको १४ नम्बर टावरमा समस्या आएपछि जिल्लामा मंगलबार रातिदेखि विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ । विद्युत आपूर्तिमा समस्या आएपछि काठमाडौं ग्रिड महाशाखाबाट मर्मत टोली आउन लागेको केन्द्रका प्रशासन […]

शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

Published: in अर्थतन्त्र by . Leave a Comment on शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार.

काठमाण्डौ । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । […]

एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ

Published: in समाज by . Leave a Comment on एकल महिलाको हत्या आरोपमा दुई जना पक्राउ.

झापा । दार्चुलामा एक महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । घटनाको कारण भने खुल्न नसकेको उनले बताइन् । खडायतको शव गए राति फेला परेको […]