Sajhamanch Archive

डेढ हप्ताभित्र भारतबाट मल आउने

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on डेढ हप्ताभित्र भारतबाट मल आउने.

झापा । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट मल ल्याउनका लागि सुनिश्चित गराएका छन् । भारत भ्रमणमा रहेका कृषिमन्त्री यादवले सोमबार त्यहाँका रसायन एवं उर्वरक मन्त्रालयको जिम्मेवारी सम्हालेका स्वास्थ्य एवं परिवार कल्याणमन्त्री मनसुख एल। मण्डावियासँगको छलफलबाट सो सुनिश्चित गराएका हुन् । भारतसँग यसअघि नै जीटुजी (सकारदेखि सरकार) प्रणालीबाट नेपालले मल खरिद गर्ने भनी सम्झौता […]

मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on मंगलबार पनि उच्च अंकले घट्यो सेयर बजार.

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा रोकिएको छैन । नेप्से आज मङ्गलवार ४५ दशमलव ५९ अङ्कले घटेर दुई हजार २० दशमलव २३ विन्दुुमा झरेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । दुई सय ३४ वटा कम्पनीको ३८ लाख […]

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित, विश्व कप खेल्ने सम्भावना सकियो

Published: in खेलकुद by . Leave a Comment on नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित, विश्व कप खेल्ने सम्भावना सकियो.

काठमाण्डौ । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटअन्तर्गत नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मलेसियामा थाइल्यान्डले दिएको ९० रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै ४० रनमा अलआउट भयो । नेपालकी श्रृष्टि जोशीले सर्वाधिक सात रन बनाइन् । यस्तै साना प्रविनले ६, अनु कडायतले पाँच, अञ्जली विश्वकर्मा, मनिषा उपाध्याय […]

लागूऔषध सहित तीन जना पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on लागूऔषध सहित तीन जना पक्राउ.

बिराटनगर  । झापाको मेचीनगर नगरपालिका ६ बाट २ जना र सुनसरीको बराहक्षेत्र नगरपालकिा ५ बाट १ जना लागूऔषधसहित पक्राउ परेका छन । हिजो दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका मेचीनगर ७ का २५ बर्षीय अर्जुन बाँतर र मेचीनगर ६ का २५ बर्षीय […]

भारतीय फोटो पत्रकार चौधरी सात महिनादेखि झापा कारागारमा

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भारतीय फोटो पत्रकार चौधरी सात महिनादेखि झापा कारागारमा.

झापा । भारतको पश्चिम बङ्गालस्थित कोलकाता निवासी २४ वर्षीय फोटो पत्रकार दुर्लभरोय चौधरी नक्कली नोट बोकेको अभियोगमा बिगत सात महिनादेखि झापा कारागारमा थुनामा छन्। उनी गत मङ्सिर २ गते कोलकाताबाट भारतको सिलिगुडी हुँदै काँकडभिट्टा नाकाबाट नेपाल आउने क्रममा चन्द्रगढी विमानस्थलमा पक्राउ परेका थिए। चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरमार्फत काठमाडौँ जाने क्रममा प्रहरीले शरीर खानतलासी गर्दा चौधरीको […]

थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on थाइल्याण्डले नेपाललाई दियो ९० रनको लक्ष्य.

झापा । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत थाइल्याण्डले नेपाललाई ९० रनको लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनायो । थाइल्याण्डका लागि थिपत्चा पुत्थावोङले सर्वाधिक २० रन जोडिन । बान्थिदा लेप्हाथानाले १९ रनको योगदान गरिन् ।​ बलिङतर्फ नेपालका […]

यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता

Published: in शिक्षा, समाज by . Leave a Comment on यौन हिंसाविरुद्धको विषय पाठ्यपुस्तकमा समावेश गर्ने सरकारको प्रतिबद्धता.

काठमाडौं । सरकारले यौन हिंसाबाट बच्ने, बचाउने र यस्ता अपराध गर्दा हुने सजायलाई पाठ्यपुस्तकमा समावेश गर्ने प्रतिवद्धता जनाएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बाँकेमा भएको सामूहिक बलात्कारबारे प्रश्न उठाएका थिए । त्यसको जवाफ दिने क्रममा गृहमन्त्री बालकृष्ण खाँणले घटनामा संलग्न ७ जना पक्राउ परेको र हदैसम्म कारबाही गर्ने बताए । घटनामा १६–१७ वर्षका […]

सरकारले कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भीड बढ्यो

Published: in समाज by . Leave a Comment on सरकारले कारबाहीको चेतावनी दिएपछि इम्बोस्ड नम्बर जडान गर्नेको भीड बढ्यो.

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी धनीहरुको यातायात कार्यालय गुर्जुधारामा भिड बढेको छ । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनका धनीहरुलाई असार मसान्तभित्र इम्बोस्ड नम्बर जोडिसक्नु पर्ने र नजोडे कारबाही गर्ने चेतावनीयुक्त सूचना जारी गरेपछि यातायात कार्यालयमा भिड बढेको हो । आज बिहानदेखि गुर्जुधारामा एम्बोस्ड नम्बर […]

एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै

Published: in खेलकुद by . Leave a Comment on एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै.

झापा । चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ । आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ । आजदेखि सुरु हुने प्रशिक्षणका लागि राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेको थियो । नेपालबाट एसियन खेलमा २३ वटा […]

सतासी बहुउद्देश्यीय सहकारीद्वारा क्यान्सर स्वास्थ्य सचेतना शिविर सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on सतासी बहुउद्देश्यीय सहकारीद्वारा क्यान्सर स्वास्थ्य सचेतना शिविर सम्पन्न.

बिर्तामोड । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाको छातीको क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना शिविर सम्पन्न गरेको छ । संस्थामा आबद्ध महिला सदस्यहरुलाई प्राथमिकतामा राखेर संस्थाले आफ्नै मुख्य कार्यालयमा आज सोमबार सो कार्यक्रम आयोजना गरेको हो । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित शिविरमा क्यान्सर सम्बन्धी जानकारी दिइएको छ । क्यान्सर […]