विर्तामोड । झापाको मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी बजारमा लागेको आगलागी नियन्त्रणमा आएको छ । आइतबार बिहान १०ः४५ बजेको समयमा धुलाबारी बजार बस्ने अजित लावतीको घरमा ज्योति कोइरालाले सञ्चालन गरेको न्यु पाथीभरा भेराईटिजमा (इलेकट्रोनिक्स पसल) विद्युत् सर्ट भई आगलागी भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षकको कमान्डमा १४ जनाको टोली र इलाका प्रहरी […]
झापा । झापाको कनकाई नगरपालिका ३ र २ को सिमामा संचालित हेप्पी लेण्ड फनपार्कले कनकाई नगरपालिकालाई कर नतिरी करौडौ रुपैँया आम्दामी मात्रै लिएको सार्वजनिक भएको छ । फनपार्कका संचालक दिनेश शिवाकोटीले इलामको माई नगरपालिका २ मा संचालनमा ल्याएको अर्को चेप्टी फनपार्कले करोडौको सरकारी र वनको जमिन हडपेको मिडियाबाट बाहिर आएसँगै उनले आफ्नो गाउँमा बर्षौदेखि संचालनमा […]
झापा । सवारी दुर्घटनामा घाइते भएका राप्रपा खोटाङका नेता जीवनकुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । उनको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोपोइन्टबाट बजारभित्र जाँदै गरेको प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । स्पिडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको […]
काठमाडौं । अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित भएका छन् । ‘आईफा अवार्ड २०२२’ मा विक्कीले शुजित सरकारको फिल्म ‘सरदार उद्यम’ बाट यो उत्कृष्ट अवार्ड उचालेका हुन् । अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित भइन् । कृतिले फिल्म ‘मिमी’बाट यो अवार्ड प्राप्त गरेकी हुन् । इन्टरनेशनल इन्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित […]
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले मेडिकल शिक्षातर्फ स्नातक तहको लाइसेन्स तथा स्नातकोत्तरतर्फ विशेष परीक्षा तालिका २०७९ सार्वजनिक गरेको छ । तालिका अनुसार पहिलो लटको लाइसेन्स परीक्षा आगामी असोज ६,७ र ८ गते हुनेछ भने दोस्रो लटको माघ १२,१३ र १४ गते हुनेछ । त्यस्तै, स्नातकोत्तरतर्फ पहिलो लटकोे विशेष परीक्षा साउन ६ र ७ गते, दोस्रो […]
काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२१ पत्रकार गोविन्द पोखरेललाई प्रदान गर्ने निर्णय गरेको छ । समूहले प्रत्येक वर्ष पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२१ भरी वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत […]
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । दुवै देशमा ७ असोजमा रिलिज हुने फिल्म भारतमा ‘विश्वजितम’ को नामबाट प्रदर्शनमा आउने निर्माता सन्तोष सेनले बताए । हिन्दी भाषामा समेत डबिङ गरिएको फिल्म त्यहाँको दर्शकले बुझ्ने गरेर ‘विश्वजितम’ को नामबाट रिलिज गर्न लागेको सन्तोषको भनाई रहेको छ । सन्तोष सेन […]
झापा । रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत […]
झापा । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा एउटा गोदाममा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। विस्फोटमा परेका ४५० जना घाइते भएका छन्। कन्टेनरबाट सामान भण्डारण गर्ने ठाउँमा विस्फोट भएको हो। तर विस्फोटको कारण भने खुल्न सकेको छैन्। सीताकुण्ड सहर बंगलादेशको दोस्रो ठूलो सहर चटगाउँबाट करिब ४० किलोमिटर दूरीमा पर्छ। गोदाममा भएको विस्फोटपछि सहरको एउटा […]
विर्तामोड । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु ७ अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९/२०८० विनियोजित बजेटबाट जिल्लाका आठ नगरपालिकालाई रु ४ अर्ब ९६ करोड ४ लाख र ७ गाउँपालिकालाई रु २ अर्ब ६२ करोड ८२ लाख रकम विनियोजन गरिएको हो । समपूरक अनुदानमा सबैभन्दा बढी रकम मेचीनगर […]