Sajhamanch Archive

एन्फा निर्वाचनः अपिलको समय आज

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एन्फा निर्वाचनः अपिलको समय आज.

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलको लागि समयावधि आजै (बिहीबार) बाट सुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित हुने भएकाले यसबारे कमिटीले आज समयसीमा तोक्ने बताए । […]

तारा एयरको विमान दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on तारा एयरको विमान दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण.

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आज (बिहीबार) मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय […]

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप

Published: in लोकप्रिय, समाज by . Leave a Comment on नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा झडप.

काठमाण्डौ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीमा रहेको वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि झडप भएको छ । झडप भएपछि प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ । वीरेन्द्रचोकमा रहेको राजा वीरेन्द्रको पूर्णकदको सालिक दोस्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यहाँ आज […]

इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on इन्टरनेटको मूल्य १७ रुपैयाँ घट्ने.

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० देखि इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । सरकारले आगामी वर्षदेखि लागू हुने गरेर बजेटमार्फत सेवा शुल्क घटाएपछि इन्टरनेटको मूल्य घट्ने भएको हो । इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएशन अफ नेपाल (आइस्पान) का अनुसार इन्टरनेटको मूल्य १७ रुपैयाँले घट्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको वार्षिक बजेट […]

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा […]

६ डाक्टरसहित यस्ता छन् मिस नेपालमा २४ प्रतियोगी

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ६ डाक्टरसहित यस्ता छन् मिस नेपालमा २४ प्रतियोगी.

काठमाडौं । ‘मिस नेपाल–२०२२’ को अन्तिम स्पर्धा ४ असारमा आयोजना हुँदैछ । यो वर्ष मिस नेपालको शीर्ष उपाधिका लागि २४ युवती भिड्दैछन् । जो अहिले प्रतिभा निखार्न प्रशिक्षणमा जुटिरहेका छन् । ‘द हिडन ट्रेजर’ आयोजक रहेको प्रतियोगीताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, […]

नेपालले आज अभ्यास खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on नेपालले आज अभ्यास खेल खेल्दै.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार राती ९ः१५ मा अमेरिकाको ह्युस्टनमा रहेको पेरिरी भ्यू क्रिकेट मैदानमा खेल हुनेछ । […]

सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार

Published: in विविधा, समाज by . Leave a Comment on सप्तकोसीमा हाम फालेका व्यक्तिको उद्धार.

झापा । सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका–५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धवप्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको […]

१४ वर्षीया किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on १४ वर्षीया किशोरीलाई अपहरण गरी सामूहिक बलात्कार.

कपिलवस्तु । कपिलवस्तुकी एक १४ वर्षीया किशोरीलाई अपहरण गरी ६ जना युवाहरुले सामूहिक बलात्कार गरेको छन्। बलत्कारको आरोपमा रुपन्देहीको कंचन गाउँपालिका ६ जना युवाहरु पक्राउ परेको छन्। कपिलवस्तुको बाणगंगा नगरपालिकाकी ती युवतीलाई मंगलबार राति जबरजस्ती मोटरसाईलमा लगेर उनीहरुले सामूहिक बलात्कार गरेको खुलेको छ। पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर ५ का निरज कार्की, वडा […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारीमा निगम

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारीमा निगम.

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो। इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमका […]