Sajhamanch Archive

भद्रपुरको महेन्द्र पार्कमा सालिक पुर्नस्थापनाको बारेमा विवाद, अन्नतः प्रशासनले लगायो रोक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on भद्रपुरको महेन्द्र पार्कमा सालिक पुर्नस्थापनाको बारेमा विवाद, अन्नतः प्रशासनले लगायो रोक.

विर्तामोड । झापाको भद्रपुर–८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको अर्धकदको सालिक पुर्नस्थापना गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनधिकृत रुपमा त्यहाँ पूर्व राजा महेन्द्रको सालिक पुर्नस्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा […]

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला.

झापा । पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ । आनुवंशिक परीक्षण प्रयोग गरेर […]

तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने.

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने […]

सरकारसँग मल छैन, भारतकै भर

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सरकारसँग मल छैन, भारतकै भर.

झापा । रासायनिक मलको नाममा सरकारसँग अहिले ११ हजार एकसय मेट्रिकटन डीएपी, तीनसय ७७ मेट्रिकटन युरिया मात्र मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेडको केन्द्रमा मात्र होइन, देशभरको तथ्याङ्क हो यो । मल छैन भनेर सरकारले हात उठाइसकेको अवस्था छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग पनि मल मौज्दात छैन । तत्काल किसानलाई मकै र चैते […]

सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गयो.

झापा । सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गएको छ । चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए।

इटाली र अर्जेन्टिना आज भिड्दै

Published: in खेलकुद by . Leave a Comment on इटाली र अर्जेन्टिना आज भिड्दै.

झापा । युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे सुरु हुनेछ । फाइनलसिमा’ प्रतियोगिताअन्तर्गत तेस्रो संस्करणको फाइनलमा दुई टोलीले प्रतिस्पर्धा गर्न लागेका हुन् । विश्वकपअघि भिड्न लागेको अर्जेन्टिना तेस्रो संस्करणको उपाधि जित्ने योजनामा […]

आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि

Published: (Updated: ) in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि.

काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र […]

आज विश्व दूध दिवसः प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व दूध दिवसः प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव.

काठमाण्डौ । दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि […]

झापामा १० महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ

Published: in समाज by . Leave a Comment on झापामा १० महिनामा बलात्कार घटनामा ८६ अभियुक्त पक्राउ.

झापा । विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८–७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्राउ परिसकेका छन् । सोही अवधिमा बाल यौन दुराचारका १९ र […]

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on भारतीय गायक कृष्णकुमार कुन्नथको निधन.

झापा । भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो । कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए। […]