काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले नेपाल र नेपाली भाषामा सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले महानगर प्रमुखमा निर्वाचित साहलाई सपथ गराएका हुन् । साहले सपथ लिएपछि प्रमुख साहले उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ […]
काठमाडौं । तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । प्रतिकूल मौसम […]
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त […]
बिर्तामोड । सरकारले आर्थिक वर्ष २०७९/२०८० का लागि घोषणा गरेको बजेटमा झापासँग जोडिएका विभिन्न योजना परेका छन् । सरकारले घोषणा गरेको बजेट वक्तव्यमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने, बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । त्यस्तै, झापाको जोखिमयुक्त नदी कन्काई, कमल, रतुवा, मावा नदी नियन्त्रण, बाँध निर्माणको […]
झापा । प्रदेश १ को प्रदेशसभा बैठकको दशौं अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् । आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । ‘आजकै संसद […]
काठमाण्डौ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्। उपाधि भिडन्त भारतको नरेन्द्र मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात नवप्रवेशी टोली हो। उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो। राजस्थान भने यसअघि सन् २००८ मा […]
काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यौन हिंसाका मुद्धामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक दर्ता गरेको हो । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद […]
झापा । विश्वका २० देशमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकिपक्सबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभर अहिलेसम्म दुई सयभन्दा धेरैमा मंकिपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन्। “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु […]
झापा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । सोमबारदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए । सोमबार बिहान ८ बजेदेखि सुरु हुने परीक्षा यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा करिब चार लाख १५ परीक्षार्थी सहभागी […]