Sajhamanch Archive

तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

Published: in मिडियाबाट साभार by . Leave a Comment on तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि.

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी रहेको बताए । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० […]

हटाइयो बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा

Published: in समाज by . Leave a Comment on हटाइयो बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा.

बिर्तामोड । लामो समयदेखि बिर्तामोडको ट्राफिक आइल्याण्ड वरिपरि घेराबारा भएका कारण ट्राफिक ब्यवस्थापनमा समस्या देखिएपछि त्यसलाई हटाइएको छ । २०४६ सालको जन आन्दोलनको स्मृतिमा बनाइएको स्तम्भ वरिपरि घेराबारा गरिएपछि त्यस स्थानमा ट्राफिक प्रहरीले उबिएर काम गर्ने अवस्था थिएन । सो स्थानलाई खुल्ला राख्न विभिन्न प्रयास गरिएपनि सम्भब भएको थिएन । तर, अभियन्ता तथा राजनीतिकर्मी तीर्थ […]

तारा एयरको विमान सम्पर्कबिहीन

Published: in मिडियाबाट साभार by . Leave a Comment on तारा एयरको विमान सम्पर्कबिहीन.

काठमाडौं । तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’

आर्थिक वर्ष २०७९/०८० को बजेट आज

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आर्थिक वर्ष २०७९/०८० को बजेट आज.

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/२०८० को बजेट आज दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/२०८० को राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । बजेट प्रस्तुतिका लागि सम्पूर्ण सांसदहरूलाई दिउँसो ३ बजेर ३५ मिनेटभित्रै संसद् भवनमा प्रवेश गर्न सभामुख सापकोटाले रुलिङ गरेका छन् । […]

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

Published: in समाज by . Leave a Comment on हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना.

झापा । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी […]

आज १५औँ गणतन्त्र दिवस, देशभर मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज १५औँ गणतन्त्र दिवस, देशभर मनाइँदै.

झापा । आज जेठ १५ गते, १५औँ गणतन्त्र दिवस, राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस। निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै […]

च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on च्याम्पियन्स लिग : उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै.

काठमाण्डाै । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुनेछ । च्याम्पियन्स लिगको फाइलनमा रियल र लिभरपुलबीच यो तेस्रो भेट हुनेछ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ […]

साउदीमा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम

Published: in अर्थतन्त्र, विश्व समाचार by . Leave a Comment on साउदीमा रोजगारदातालाई कडाइ गर्न नयाँ नियम.

झापा । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजनिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको लागि काम गर्न पठाएमा कडा कारबाही गरिने चेतावनी दिएको हो । यस्तै श्रमिकको व्यक्तिगत फाइदाको लागि अन्यत्र काम गर्न अनुमति दिए पनि रोजगारदाता कारबाहीको भागिदार हुनुपर्नेछ। पब्लिक सेक्युरिटीले यसो गरेको पाइएमा प्रत्येक रोजगारदातालाई १ लाख […]

पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति.

झापा । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको […]

९ हजार नेपाली श्रमिक कोरिया जाँदै

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on ९ हजार नेपाली श्रमिक कोरिया जाँदै.

झापा । दुई वर्ष देखि स्थगित भएको कोरियन भाषाको परीक्षा १९ जेठ देखि ३ असारसम्म सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परीक्षा जेठ २६ गतेबाट सुचारु गर्न लागिएको हो । वैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएका भए पनि स्थानीय तह निर्वाचनका कारण स्थगित भएको […]