Sajhamanch Archive

राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीद्वारा ८ सय ३४ कैदीको सजाय मिनाहा.

काठमाण्डाै । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८ सय ३४ जना कैदीको कैद सजाय मिनाहा गरेका हुन् । गणतन्त्र दिवसका अवसरमा ती कैदीको सजाय माफी गरिएको हो ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसहित २ सय ७१ जना र नरबहादुर साँवासहित […]

प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै.

काठमाण्डाै । प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ। हिजो नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेन। आउँदो आर्थिक […]

बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते

Published: in खेलकुद by . Leave a Comment on बंगलादेशिविरुद्ध श्रीलंकाको १–० ले जिते.

काठमाडौं । घरेलु टोली बंगलादेशलाई पाँचौ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले दुई टेष्टको श्रृखंला १–० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले श्रृखंला आफ्नो कब्जामा पारेका हो । पहिलो टेष्ट भने बराबरीमा सकिएको थियो । दोस्रो टेस्टको पाँचौं तथा अन्तिम दिन बंगलादेशको दोस्रो इनिङ १६९ रनमा […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेप्से परिसूचक दोहोरो अंकले घट्यो.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा शुक्रबार दोहोरो अंकको गिरावट आएको छ । लगातार दुई दिन बढेको बजार बजेट अगाडि भने करेक्सन भएको हो । शुक्रबार १५.८२ अंकले घटेको बजार २२२३.७८ विन्दुमा झरेर रोकिएको छ । बिहीबारको तुलनामा शुक्रबार कारोबार रकम भने वृद्धि भएको छ । यस दिन कुल २२३ कम्पनीको २१ हजार ९०४ कारोबारबाट […]

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित.

काठमाण्डौ । सङ्घीय संसद् अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आउँदो आर्थिक वर्ष २०७९/२०८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आउँदो वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको […]

पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी.

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । […]

लागुऔषधसहित भद्रपुरबाट दुई जना पक्राउ

Published: in समाज by . Leave a Comment on लागुऔषधसहित भद्रपुरबाट दुई जना पक्राउ.

झापा। झापा र मोरङबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका–८ का २१ बर्षीय पवन बासफोर र २४ बर्षीय आशिष राजबंशी रहेका छन् । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका–१६ दरैया स्थितबाट […]

रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी.

झापा । रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ। आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो। ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११ः४० मा लागेको आगो ११ः५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर […]

३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला.

काठमाण्डौ । बन्द भएको ३० महिनापछि भक्तपुरको प्रसिद्ध स्वर्णद्वार र तलेजु नागरिकका लागि खुला गरिएको छ । कोभिड–१९ को महामारीका कारण २०७६ साल चैतदेखि नागरिकका लागि बन्द भएको भक्तपुरको दरबार स्क्वायरमा रहेको स्वर्णद्वार र त्यसभित्रको भक्तपुर तलेजु हिजोदेखि नागरिक लागि खुला गरिएको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमण सुरु […]

झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य

Published: (Updated: ) in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य.

झापा । स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र […]