झापा । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए । तीमध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । मंगलबार क्यान कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको छ । सन् २०१७ देखि क्यानले राष्ट्रिय टोलीका खेलाडीलाई तीन समूहमा वर्गीकरण गरी केन्द्रीय अनुबन्धनको व्यवस्था सुरु […]
काठमाडौं । काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ । यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको […]
झापा । प्रदेश १ मा अन्तिम मत परिणाम घोषणा भएका १ हजार १४० वडाको अध्यक्ष पदमा निर्वाचित हुनेहरुमा एमाले पहिलो देखिएको छ । प्रदेश १ का १३५ पालिकाको प्रमुख र अध्यक्ष पदमा भने एमाले दोस्रो छ । हालसम्म उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन । निर्वाचन […]
झापा । आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ एक युवक पक्राउ परेका छन् । ४२ वर्षीया आमा शान्ता सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तालाई शनिवार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार प्रहार गरेका थिए […]
काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सुकुम्बासी,भुमिहिन र अव्यवस्थित बसोवासलाई समाधान गरिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपतिले मुलुकभरका सुकुम्बासी र अव्यवस्थित बसोवासलाई व्यवस्थित गरिने बताएकी हुन् । विपन्न परिवारलाई संरक्षण गरेर गरिबीको दुष्चक्रबाट बाहिर ल्याउने नीति अख्तियार गरिने भएको छ। बाँकी भएका मुत्त कमैया, हलिया, कमलरी र हरुवा […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गर्ने भएको छ । सरकारले नीति तथा कार्यक्रमको योजनामै समेटेर आगामी आर्थिक वर्ष क्रेडिट रेटिङ सम्पन्न गर्ने जानकारी दिएको हो । राष्ट्रपति भण्डारीले प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भनिन्, ‘आगामी वर्ष नेपालको क्रेडिट रेटिङ सम्पन्न गरिने छ ।’ हालसम्म […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० मा सरकारले स्वदेशमा नै भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अब नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने नीति लिइएको बताएकी हुन् । राष्ट्रपति भण्डारीले पशुपक्षीमा हुने गम्भीर किसिमका महामारी नियन्त्रण गरिने पनि नीति लिएको बताएकी छन् ।
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । छ मध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ । विराटनगर, भरतपुर र वीरगन्ज महानगरको मत परिणाम सार्वजनिक भइसकेको छ […]
झापा । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् । इन्धनको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले मुख्यमन्त्री कार्यालयको गेटमा प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको थियो । खाना पकाउने ग्यासको मूल्य […]