Sajhamanch Archive

आजदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजदेखि अनलाइनबाट व्यक्तिगत श्रम स्वीकृति.

झापा । वैदेशिक रोजगार कार्यालय काठमाडौँले आज (शुक्रबार) देखि अनलाइनबाटै नयाँ व्यक्तिगत श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्ने उद्देश्यअनुसार व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिन लागिएको कार्यालयले जनाएको छ । कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम […]

प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी

Published: in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on प्रदेश १ मा अब ३२ पालिकाको परिणाम आउन बाँकी.

झापा । प्रदेश १ मा हालसम्म १०५ पालिकाको मत परिणाम सम्पन्न भइसकेको छ । अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ । अहिलेसम्म प्रदेशका उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक ९ वटा जिल्लाको सबै पालिकाको मतगणना सम्पन्न भइसकेको छ । इलामको २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० सहित ३२ स्थानीय […]

नेपालले युगान्डालाई दियो एक सय रनको लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on नेपालले युगान्डालाई दियो एक सय रनको लक्ष्य.

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा युगान्डालाई एकसय रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनायो । नेपालका लागि ज्योती पाण्डेले सर्वाधिक ४७ रनको योगदान गरिन् । ५४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् । […]

काँकडभिट्टा नाकाबाट ३० तोला सुनसहित एक युवक पक्राउ

Published: in समाज by . Leave a Comment on काँकडभिट्टा नाकाबाट ३० तोला सुनसहित एक युवक पक्राउ.

झापा । झापाको काँकडभिट्टामा ३० तोला सुनसहित एक युवक पक्राउ परेका छन् । सुनसहित पक्राउ पर्नेमा कैलाली जिल्ला जानकी गाउँपालिका ५ घर भई हाल झापाको दमक नगरपालिका २ निवासी ३३ वर्षीय धिरेन्द्रप्रसाद जैसी रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए । मेचीनगर ६ काँकडभिट्टास्थित मेची पुल नजिकै लागु औषध ब्युरो र इलाका प्रहरी […]

हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on हल्दिबारी–१ का वडाध्यक्ष उम्मेदवारलाई शुन्य मत.

झापा । झापाको हल्दिवारी गाउँपालिकाका वडा नम्बर–१ का एकजना उम्मेदवारले एक मत पनि पाएनन् । यो वडामा ५ जना वडाध्यक्षका उम्मेदवार थिए । जसमा राप्रपाका देवीबहादुर थापाले १९ सय ६८ मत ल्याएर निर्वाचित भएका थिए । त्यस्तै एमालेका त्रिलोचन सापकोटा १६००,काँग्रेसका रत्नबहादुर अधिकारी ५८१, माओवादी केन्द्रका भक्तबहादुर नेम्वाङ (लिम्बु) १८१ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर […]

५ सय ५२ पालिकाको मत परिणाम सार्वजनिकः कांग्रेसको २ सय ४६, एमालेको १ सय ५७ र माओवादीको १ सय २

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ५ सय ५२ पालिकाको मत परिणाम सार्वजनिकः कांग्रेसको २ सय ४६, एमालेको १ सय ५७ र माओवादीको १ सय २.

काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५ सय ५२ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १ सय ६५ वटा नगरपालिका र ३ सय ८७ वटा गाउँपालिका गरी ५ सय ५२ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो। कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २ सय ४६ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८३ […]

महिला टी–२०ः युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

Published: in खेलकुद by . Leave a Comment on महिला टी–२०ः युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै.

काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र […]

अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने

Published: in अर्थतन्त्र by . Leave a Comment on अपर सोलु हाइड्रोको आईपीओको समय थपियो, जेठ २० गतेसम्म आवेदन दिन सकिने.

काठमाडौं । अपर सोलु हाइड्रोको आईपीओमा आवेदन दिने समय थपिएको छ । कम्पनीले बैशाख २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई बिक्री खुला गरेको आईपीओको २० गतेसम्मलाई बढाइएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविसका स्थानीयलाई १३ लाख ५० […]

२०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिँदै.

झापा । २०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन । पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ […]

युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर.

काठमाडौं । संयुक्त राष्ट्रले अबका केही महिनामा विश्वले खाद्य संकटको सामना गर्नुपर्ने जिकिर गरेको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युद्धले खाद्य संकटलाई थप बढाइदिएको छ । मूल्यवृद्धि अत्यधिक छ र यसले सबैभन्दा धेरै गरिब देशलाई प्रभावित पारिरहेको छ । उनले आफ्नो सम्बोधनमा युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म […]