Sajhamanch Archive

गुप्तचर मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु

Published: in समाज by . Leave a Comment on गुप्तचर मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु.

काठमाडौं । सिंहदरबार स्थित राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयमा रुखको हाँगो भाँचिएर सूचकको मृत्यु भएको छ । बुधवार साँझ हावाहुरीको कारण भाँचिएको हाँगोले लागेर २७ वर्षीय सूचक विजय कार्कीको मृत्यु भएको हो । पाल्पाको रम्बा गाउँपालिका–५ घर भएका कार्कीलाई हाँगाले लागेपछि उपचारका लागी बानेश्वर स्थित सिभिल अस्पतालमा लगिएको थियो । उपचारको क्रममा गएराती उनको मृत्यु भएको […]

बिर्तामोड नगरपालिका–८ मा राप्रपाको प्यानल निर्वाचित

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिका–८ मा राप्रपाको प्यानल निर्वाचित.

बिर्तामोड नगरपालिका वडा नम्बर–८ को वडाध्यक्षमा राप्रपाका तर्फबाट अजय कार्की पुनः निर्वाचित भएका छन् । उनी प्यानलसहित निर्वाचित भएका हुन् । १४५० मत ल्याएका अजय कार्कीले नेपाली काँग्रेसका चिरञ्जीवी कार्कीलाई ७१५ को फराकिलो मतान्तरले हराएका हुन् । काँग्रेसका चिरञ्जीवी कार्कीले ७३५ मत ल्याएका छन् । त्यस्तै एमालेका विष्णुप्रसाद भट्टराईले ६६० मत पाएका छन् । वडा […]

भद्रपुर–१० मा एमालेको प्यानल निर्वाचित

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर–१० मा एमालेको प्यानल निर्वाचित.

झापा । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको वडा भद्रपुर– १० मा एमालेको प्यानल निर्वाचित भएको छ । उनको मतदान केन्द्र पनि त्यही पर्छ । सोही वडामा एमालेका टेकबहादुर खडका वडा अध्यक्षसहित प्यानल निर्वाचित भएका छन् । खडकाले १४८० मत ल्याउँदै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका विष्णु प्रसाद काफ्ले ११७१ […]

पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको निर्देशन

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको निर्देशन.

काठमाडौँ । निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । मतगणना कार्यमा सानातिना विषयलाई ठुलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो […]

अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो.

झापा। अन्टार्कटिकमा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा […]

नेपाल टी–टवान्टी लिगको पहिलो संस्करण असोज ८ गतेबाट

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल टी–टवान्टी लिगको पहिलो संस्करण असोज ८ गतेबाट.

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज लिग नेपाल टी–टवान्टी लिग असोज ८ गतेबाट हुने भएको छ । बुधबार नेपाल क्रिकेट सघ (क्यान) ले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिगको घोषणा गरेका हुन् । लिग असोज ८ गतेबाट सुरु भएर कार्तिक ५ गतेसम्म चल्ने छ । […]

शिवसताक्षी २ को वडाध्यक्षमा माओवादीका नेम्बाङ निर्वाचित

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on शिवसताक्षी २ को वडाध्यक्षमा माओवादीका नेम्बाङ निर्वाचित.

झापा । शिवसताक्षी नगरपालिकाको वडा न.२ मा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । माओवादीका भीमबहादुर नेम्बाङ ११९० मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन् । उपविजेता बनेका नेकपा एमालेका प्रदीप चिमरियाले १०४० मत पाएका छन् । वडाध्यक्ष माओवादीले जित्दा बाँकी सबै सदस्य एमालेले जितेको छ । खुल्ला सदस्यमा एमालेका यामबहादुर राई ११८५ , भोजकुमार […]

अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on अझै ३२० स्थानीय तहको नतिजा आउन बाँकी.

काठमाडौं । ७५३ स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामध्ये अधिकांश गाउँपालिका र नगरपालिकाको नतिजा आइसकेको छ । ६ महानगरसहित ११ उपमहानगरको अन्तिम नतिजा आइसकेको छैन । त्यस्तै केही नगरपालिकासहित र गाउँपालिका गरी ३२० स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले बुधबार दिउँसो गरेको अपडेटमा छ […]

४२३ पालिकाको मतपरिणाम सार्वजनिकः कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ४२३ पालिकाको मतपरिणाम सार्वजनिकः कांग्रेसको १९४, एमालेको १२० र माओवादीको ८३.

काठमाण्डौ । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ४२३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १०२ वटा नगरपालिका र ३२१ वटा गाउँपालिका गरी ४२३ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेस सार्वजनिक मत परिणाम अनुसार अहिलेसम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म १९४ वटा पालिकामा जितेको छ । ५५ वटा […]

कार दुर्घटनामा एकजनाको मृत्यु , चारजना घाइते

Published: in समाज by . Leave a Comment on कार दुर्घटनामा एकजनाको मृत्यु , चारजना घाइते.

झापा । उदयपुरमा कार दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका–६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार एकजनाको मृत्यु र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी […]