काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएको ५ दिन बितिसक्दा समेत दुई जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन सकेको छैन । गत शुक्रबार स्थानीय तह निर्वाचन सकिएर अधिकांश पालिकामा शनिबारदेखि मतगणना सुरु भएकामा कपिलवस्तु र सुनसरी जिल्लाको हालसम्म नतिजा आउन नसकेको हो । कपिलवस्तुमा १० पालिका रहेको छ भने सुनसरीमा १२ पालिका रहेका छन् […]
काठमाण्डौ । पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । अहिलेसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म २४ वटा नगरपालिका र एक सय नौ वटा गाउँपालिका […]
काठमाडौं । स्थानीय तह निर्वाचनपछि पहिलो पटक कारोबार भएको सेयर बजारमा मंगलबार ठूलो गिरावट आएको छ । यस दिन बजार ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको हो । निर्वाचन अगाडिको दुई दिन बढेको बजारमा मंगलबार भने उच्च गिरावट आएको छ । बजार घटेपछि कारोबार रकम समेत खुम्चिएको छ । यस दिन सबै उपसमूहहरु राताम्य रहे […]
झापा । पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म २ सय ४६ पालिकाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । नेपाली कांग्रेसले १ सय १४ वटा पालिकाको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६८ वटा र माओवादी केन्द्रले ५३ वटा पालिकाको प्रमुख जितेको निर्वाचन आयोगको विवरण छ । एकीकृत समाजवादीले […]
झापा । झापाको गौरीगञ्ज, शिवसताक्षी र कमलमा रोकिएको मतगणना अझै सुचारु हुन सकेको छैन । विवादका कारण शिवसताक्षी र गौरीगञ्जको मतगणना अस्तिदेखि अवरुद्ध भएकोमा हिजोदेखि कमलको मतगणना पनि रोकिएको छ । कमल ४ को मतगणनाको नतिजामा निर्वाचन कार्यालयका कर्मचारीले गलत विवरण घोषणा गरेको भन्दै गठबन्धन दलले विरोध जनाएपछि गणना कार्य रोकिएको हो । निर्वाचन अधिकृतको […]
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएको छ । गएराति सम्पन्न मतगणना अनुसार ५ हजार ४ सय ९८ मतसहित गुरुङ विजयी भएको हो । निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका उम्मेदवार भीम राईले ५ हजार ५३ मत मात्र प्राप्त गरेका छन । एमाले उम्मेदवार राईलाई ४ सय ४५ मतान्तरले पराजित गर्दै […]
झापा । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए । मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ […]
झापा । इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरूङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार उदय राई पराजित भएका छन्। कांग्रेसका गुरूङले निवर्तमान गाउँपालिका अध्यक्ष राईलाई पराजित गरेका हुन्। गुरूङले चार हजार दुई सय २३ मत प्राप्त गर्दा एमालेका राईले तीन हजार दुई सय ५८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एकीकृत […]
झापा । झापाको गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको मतगणना प्रभावित बनेको छ। गौरीगञ्ज वडा नम्बर १ मा खसेको मतभन्दा १७३ मत बढी देखिएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिले मतगणनामा धाँधली भएको आशङ्का व्यक्त गरेका छन्। मतगणनामा विवाद उत्पन्न भएपछि हाल गणना स्थगन गरिएको छ। वडा नं १ मा ३८०८ मत खसेको मुचुल्कामा उल्लेख छ। सोमबार बिहान […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकका १० वडामध्ये ३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार दमक वडा नम्बर १, २ र १० का परिणाम सार्वजनिक भएको हो। अहिलेसम्मको नतिजाअनुसार दुईवटा वडामा एमाले र एउटा वडामा गठबन्धन विजयी भएको छ। वडा नम्बर १ मा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने वडाध्यक्षसहित […]