काठमाडौं । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानी ८ हजार ५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गाको शिखरमा पुग्ने पहिलो साउदी अरबी महिला बनेकी छन् । आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरिक हुन पाएकोमा गर्व लागेको बताएकी हुन् । उनले […]
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आज मात्रै प्रचारप्रसार गर्न पाइने निर्वाचन आयोगले बताएको छ। चुनावका लागि आज राति १२ बजेपछि मौन अवधि सुरू हुनेछ। मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ। निर्वाचन ऐनअनुसार मतदान हुनुभन्दा ४८ घन्टा पहिलेदेखि मौन अवधि सुरू गरिन्छ। शुक्रबार बिहान ७ बजेदेखि […]
काठमाडौं । निर्वाचन आयोगले मतदान स्थल वरपर राखिएका उम्मेदवारहरूका प्रचार सामग्री हटाउनुपर्ने बताएको छ। मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका उम्मेदवारका प्रचारप्रसार सामग्री मौन अवधि सुरू हुनुभन्दा पहिले नै हटाउन आयोगले आग्रह गरेको हो। निर्वाचन आचारसंहिताअनुसार मतदान स्थल वरपर चुनावी प्रचारप्रसारका सामग्री राख्न मिल्दैन। आज राति १२ बजेदेखि मौन अवधि सुरू हुने भएकोले त्यसअघि […]
काठमाडौं । एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्। केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ। ‘हामीलाई बिहान साढे ५ बजे खबर आयो, घटनास्थलमा […]
झापा । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो। योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ […]
काठमाडौं । आगामी वैशाख ३० गते हुने हुने स्थानीय तह सदस्य निर्वाचनमा दृष्टिविहीन, शारीरिक अशक्तता भएका वा अरू कुनै कारणले आफैं मत संकेत गर्न नसक्ने मतदाताले सहयोगी लैजान पाउनेछन्। उनीहरूले आफ्नो साथमा परिवारको अर्को सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागे मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई अनुमति दिनेछन्। ‘दृष्टिविहीन वा शारीरिक अशक्त भएको […]
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । परिसूचक १२.२७ अर्थात ०.५४ प्रतिशतले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ । सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहृयो । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको […]
काठमाडौं । किशोर महत्वले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जिम्बावे ‘ए’ले २१४ रनको लक्ष्य दिएको हो । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ले ३२ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै २१३ रन बनायो । ओसिलो मैदान भएका कारण टस ढिला भएको खेल ३३ ओभरमा घटाइएको थियो […]
काठमाडौँ । अपरिचित व्यक्तिले दिएको प्रसाद तथा सगुन नखान नेपाल प्रहरीले अनुरोध गरेको छ। स्थानीय तहको निर्वाचनको सन्दर्भमा प्रचारप्रसारमा हिँडेका राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु अपरिचित व्यक्तिबाट दिएको प्रसाद, सगुन ग्रहण गर्दा बेहोस हुने र चक्कर लागेर लड्ने गरेको पाइएको भन्दै प्रहरीले त्यस्ता व्यक्तिले दिएको प्रसाद नखान अनुरोध गरेको हो। प्रहरीले हिजो सार्वजनिक सूचना […]
लमजुङ । सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ। राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया […]