Sajhamanch Archive

आज पनि बस्न सकेन कर्णाली प्रदेशसभा बैठक

Published: in राजनीति by . Leave a Comment on आज पनि बस्न सकेन कर्णाली प्रदेशसभा बैठक.

सुर्खेत । सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच सहमति जुट्न नसकेपछि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठक आज बस्ने सकेन । संसद् सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार सूचना टाँसेर बिहीबारको बैठक स्थगित गरिएको हो । उनले शुक्रबारका लागि बैठक बोलाइएको जानकारी दिए । बिहान ११ बजेदेखि बसेको सर्वदलीय बैठकमा आज […]

विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विभिन्न जिल्लामा डुबेर तीन जनाको मृत्यु.

काठमाडौं । बाँके, कपिलवस्तु र नवलपरासी (पश्चिम) मा डुबेर ३ जनाको मृत्यु भएको छ । बाँकेको डुडुवा गाउँपालिका–१ सुढईपुरूवा बस्ने १२ वर्षीय सुजित धोबीको आफ्नै घर नजिक रहेको डुडुवा नालामा डुबेर बुधबार साँझ मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ पाणेडीस्थित गुडुरूवा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ ईमिलिया बस्ने १४ वर्षीय सम्भव जिसीको […]

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

Published: in स्वास्थ्य by . Leave a Comment on खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध.

झापा । नेपालले राष्ट्र सङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ। अमेरिकाको न्यूयोर्कमा बुधबार आयोजित राष्ट्र सङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्र सङ्घका लागि […]

काठमाडौँको सडकमा अब साझाका विद्युतीय बस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on काठमाडौँको सडकमा अब साझाका विद्युतीय बस.

काठमाडौं । साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको ग्रेडबिलिटी […]

मोरङको सिंघिया खोलामा शव भेटियो

Published: in समाज by . Leave a Comment on मोरङको सिंघिया खोलामा शव भेटियो.

विराटनगर । सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । बिहीबार बिहान अन्दाजी ४०–४५ वर्षीय पुरुषको शव फेला परेको हो । मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा पुर्याएको अवस्थामा शव फेला परेको हो । खोलामा शव देखेपछि स्थानीयले बिहान प्रहरीलाई खबर […]

नागरिकलाई सूचना उपलब्ध नगराएका ३२ कार्यालय प्रमुख कारबाहीमा

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकलाई सूचना उपलब्ध नगराएका ३२ कार्यालय प्रमुख कारबाहीमा.

झापा । राष्ट्रिय सूचना आयोगमा सूचनाको माग गरेर करिब १ हजार १०० उजुरी परेका छन् । नागरिकलाई सूचना उपलब्ध नगराएकामा अहिलेसम्म ३२ कार्यालय प्रमुखलाई कारबाही गरिएको आयोगले जनाएको छ । आयोग र नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको सहकार्यमा आज आयोजित सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा आयुक्त रत्नप्रसाद (दीपक) मैनालीले पछिल्लो २ वर्षमा १२ कार्यालय प्रमुखलाई कारबाही गरिएको […]

महँगी बढेको भन्दै निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on महँगी बढेको भन्दै निर्वाचन आयोगले माग्यो १० अर्ब खर्च.

काठमाडौं । निर्वाचन आयोगले सरकारसँग १० अर्ब खर्चको व्यवस्था गर्न माग गरेको छ । आयोगले सरकार समक्ष आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सो खर्च प्रस्ताव गरेको हो । बुधबार आयोगका प्रमुख आयुक्त दिनेश थपलियासहितका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरूबीच भएको छलफलमा आयोगले निर्वाचनको मितिका साथै सो रकमको प्रस्ताव गरेको हो । गत […]

काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on काठमाडौँ उपत्यका बाहिर पनि फैलियो हैजा, सङ्क्रमितको सङ्ख्या २१ पुग्यो.

झापा । काठमाडौँ उपत्यका बाहिर पनि हैजा सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।चुमनलाल दासका अनुसार हेटौँडा पनि हैजा पुष्टि भएको हो । त्यस्तै चाँगुनारायण नगरपालिका ४ दुवाकोटमा पनि थप एक जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै हैजाबाट सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको छ । भक्तपुर दुवाकोटका सङ्क्रमितको शुक्रराज […]

पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण

Published: in समाज by . Leave a Comment on पोखराको पर्यटकीय बसपार्क महानगरलाई हस्तान्तरण.

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेका छन। मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन। पर्यटकीय सहर पोखरास्थीत राष्ट्र बैंकचोकनजिक पर्यटन विभागले ८ करोड ४५ लाख लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो । ७ हजार ९ […]

पवनदीप र अरुनिताको पहिलो नेपाली गित शिखर सन्तोषको संगीतमा आउदैं

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पवनदीप र अरुनिताको पहिलो नेपाली गित शिखर सन्तोषको संगीतमा आउदैं.

काठमाडौं । लोकप्रिय तथा बरिष्ठ संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन् । उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन् । गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्वजनिक हुने […]