काठमाडौं । चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो। ओसिएका अनुसार चाइनिज ओलम्पिक कमिटी र हाङझाउ एसियन गेम्स आयोजक कमिटीको कार्यकारी बोर्डसँगको छलफलपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो। […]
काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा […]
इलाम । इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडेर १ जनाको मृत्यु भएको छ । हिजो बेलुका ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन लगाउने क्रममा भुईमा झरी घाइते भएका वारा जितपुर नगरपालिका–५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झापा वुधबारेस्थित सिटी हस्पिटल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको […]
काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबिच झडप भएको छ । बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते […]
झापा । ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन् । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन्। आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए। आइतराजलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। […]
झापा । भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजारमा आगलागि हुँदा बालिकाको जलेर मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जलेर घाईते भएका छन् । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा र माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि हुदा घर पुणर्रुपमा जली नष्ट भएको छ । उनको २ बर्षीया छोरी […]
झापा, वैशाख २३ । झापाको कनकाई नगरपालिका–३ स्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो राति १० बजे सडक छेउमा रोकिराखेको ना.६ ख ९०७९ नम्बरको ट्रकमा को.२३ प ४०४७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ठक्करलागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मोरङ उर्लाबारी नगरपालिका–७ का ५६ बर्षीय बुद्धकान्त सुबेदीलाई उपचारको […]
झापा । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा […]
झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ […]
झापा । आगामी वैशाख ३० गते मतदान हुने दिन सार्वजनिक सवारी साधन चलाउन नपाइने भएको छ। पास विनाका सवारी साधन चलाउन नदिन निर्वाचन आयोगले सरकारलाई आग्रह गरेको छ। आयोगले काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीहरूले अनिवार्यरुपमा अनुमति लिनुपर्ने मापदण्ड तयार गरेको छ। जसअनुसार एम्बुलेन्स, दमकल जस्ता सवारीसाधनले भने सवारी पास लिनु पर्दैन। आयोगले शारीरिक अपाङ्गता भएका […]