Sajhamanch Archive

आज साँझसम्म मतपत्र सबै जिल्लामा पुग्ने

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on आज साँझसम्म मतपत्र सबै जिल्लामा पुग्ने.

झापा । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र शुक्रबार सबै जिल्लामा पुग्ने भएको छ। निर्वाचन आयोगले मधेसबाहेकका जिल्लाको मतपत्र ढुवानी सकिएको जानकारी दिएको छ। प्रवक्ता शालिग्राम शर्मा पौडेलले मधेसका जिल्लामा शुक्रबार साँझसम्म मतपत्र पुग्नेगरी ढुवानीको व्यवस्था मिलाएको जानकारी दिए। आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत तथा अन्य कर्मचारीलाई अति जरुरी, […]

ताप्लेजुङमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ताप्लेजुङमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति.

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गएराति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामान तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए ।

अमेरिकाले दियो नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकाले दियो नेपाललाई ७९ अर्ब ७१ करोड अनुदान.

काठमाडौं । अमेरिकाले नेपाललाई एमसीसीभन्दा पनि ठूलो आर्थिक सहयोग दिने भएको छ । बिहीबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय आर्थिक सहयोग नियोग (यूएसएआईडी) का प्रतिनिधिले नेपाललाई ६५९ मिलियन डलर अर्थात् ७९ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहयोग अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेका हुन् । अनुदान सहयोगसम्बन्धी सम्झौता पत्रमा युएसएआआइडीका निर्देशक सेपिदेह केवंशद र […]

एमालेविरुद्ध लागेको आरोपमा मेचीनगर–२ का तीन जना निष्काशित

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on एमालेविरुद्ध लागेको आरोपमा मेचीनगर–२ का तीन जना निष्काशित.

मेचीनगर । नेकपा एमाले मेचीनगरले वडा नं. २ का तीन जनालाई पार्टीविरोधी गतिविधि गरेको अभियोगमा पार्टीको सदस्यता समेत नरहने गरी निष्काशित गरेको छ । नगरका पार्टी अध्यक्ष राजु पोखरेलले आज प्रेस विज्ञप्ति जारी वडा नं. २ का भानु ढुंगेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई पार्टीबाट निष्काशित गरिएको जनाए । वडा नं. २ को अध्यक्ष पदमा […]

सीमा नाका ७२ घण्टा बन्द रहने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on सीमा नाका ७२ घण्टा बन्द रहने.

नवलपरासी । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भारतसँगका सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । चितवन, पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र भारत बिहार प्रदेशअन्तरगत पर्ने पश्चिम चम्पारनका सुरक्षा अधिकारीहरुको सुनवलमा बसेको बैठकले सीमा नाका ७२ घण्टा बन्द गर्ने निर्णय गरेको हो । वैशाख २७ गते बेलुकी ७ बजेदेखि वैशाख ३० गते बेलुकी ७ […]

झुटो विवरणमा नागरिकता लिन खोज्ने चौधरीसहित दुई जना कारागार चलान

Published: in समाज by . Leave a Comment on झुटो विवरणमा नागरिकता लिन खोज्ने चौधरीसहित दुई जना कारागार चलान.

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई फरार प्रतिवादीलाई सार्वजनिक गरेको छ । झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने र डाका मुद्धामा फरार प्रतिवादीलाई सार्वजनिक गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनीहरु दुवैलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको छ । झुटा विवरण पेश गरी नागरिकता लिन खोज्ने बिर्तामोड–५ का […]

कर्तव्‍य ज्यान मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on कर्तव्‍य ज्यान मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ.

काठमाडौं । प्रहरीले कर्तव्‍य ज्यान र ज्‍यान मार्ने उद्योगको फरार अभियुक्तलाई ३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१० घर भई काठमाडौंको चन्द्रागिरि नैकाप बस्‍ने २५ वर्षीय मुण्डा भन्‍ने सरोज सुन्दास रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्‍यक […]

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण.

काठमाडौं । प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको जवाफमा प्रमुख राजनीतिक दलकै सङ्ख्या बढी छ । आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । आयोगले राजनीतिक दललाई पटक पटक […]

अब वैधानिकीकरण गर्न र व्यक्तिगत श्रम स्वीकृति लिन सहज

Published: in मिडियाबाट साभार by . Leave a Comment on अब वैधानिकीकरण गर्न र व्यक्तिगत श्रम स्वीकृति लिन सहज.

काठमाण्डौ । नयाँ व्यक्तिगत र वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिन अब श्रमिक स्वयमले आवश्यक कागजात वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा (एफइआइएमस) अपलोड गर्न सक्ने व्यवस्था भएको छ । यसअघि व्यक्तिगत नयाँ श्रम स्वीकृति लिन वा वैधानिकीकरण गर्न दूतावासबाट र सम्बन्धित कम्पनीबाट भिसा, करार सम्झौता लगायतका कागजात श्रम कार्यालय ताहाचलमा सिधै पठाउँदै आएकोमा अब भने यस्ता कागजात […]

सूचना आयोगले १५ औँ स्थापना दिवस मनाउँदै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सूचना आयोगले १५ औँ स्थापना दिवस मनाउँदै.

काठमाण्डौ । राष्ट्रिय सूचना आयोगले १५ औँ स्थापना दिवस मनाउँदै छ । संविधानमा सूचनाको हक मौलिक हकका रुपमा स्थापित छ । नेपालको संविधानको धारा २७ मा, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर सूचनाको हकलाई संवैधानिक रूपमै व्यवस्था गरिएको छ । संवैधानिक रूपमा नागरिकलाई दिइएको सूचनाको […]