Sajhamanch Archive

हत्यामा संलग्न ३ जना पक्राउ

Published: in समाज by . Leave a Comment on हत्यामा संलग्न ३ जना पक्राउ.

झापा । ईलाम नगरपालिका–८ की ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संलग्न १ जना पक्राउ परेका छन् । स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका –८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । […]

नेपालले जिम्बावे ए लाई हरायो

Published: in खेलकुद by . Leave a Comment on नेपालले जिम्बावे ए लाई हरायो.

काठमाडौँ । तेस्रो तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले जिम्बावे ए लाई हराएको छ। नेपालले जिम्बावे ए माथि ८ विकेटको जित निकालेको हो। जिम्बावे ए ले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले ओभरमा दुई विकेट गुमाएर भेटायो। नेपालका लागि आशिफ शेखले नटआउट ८७ रन बनाए। यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन […]

युरोपेली संघले रुसबाट तेल आयात बन्द गर्ने, अन्य प्रतिबन्ध पनि लगाउने तयारीमा

Published: in विश्व समाचार by . Leave a Comment on युरोपेली संघले रुसबाट तेल आयात बन्द गर्ने, अन्य प्रतिबन्ध पनि लगाउने तयारीमा.

काठमाडौं । युरोपेली संघले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्नेछ । यसअन्तर्गत यस वर्षको अन्त्यसम्म रुसबाट तेल आयात बन्द गरिनेछ । यसका साथै रुसको सबैभन्दा ठूलो बैंक सबर बैंकको पनि स्विफ्ट फाइनेन्सियल सिस्टम हटाउने निर्णय गरिएको छ । यी प्रतिबन्धहरूको सन्दर्भमा, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयनले युरोपेली संघले आगामी ६ महिनामा रूसबाट कच्चा तेल […]

काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on काभ्रेको रोशीमा बस र जीप ठोक्किंदा ५ जनाको मृत्यु.

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका–११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौं तर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप […]

जिम्बाबे ‘ए’ ले नेपाललाई दियो १३७ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जिम्बाबे ‘ए’ ले नेपाललाई दियो १३७ रनको लक्ष्य.

काठमाडौं । नेपाल र जिम्बाबे ए टिमबिच भएकोअन्तिम खेलमा जिम्बाबे ए ले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए । कियालाई […]

म्यादीको भाइरल भिडिओ बनाउने किशोर सहित दुई पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on म्यादीको भाइरल भिडिओ बनाउने किशोर सहित दुई पक्राउ.

काठमाडौं । ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका–१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ परेका किशोर म्यादी प्रहरी होइनन्। तर उनका फूपूका छोरा, दाई नाता पर्ने १९ वर्षीय […]

एमाले अध्यक्ष ओली लारुम्वा प्रस्थान

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on एमाले अध्यक्ष ओली लारुम्वा प्रस्थान.

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलामको लारुम्वा प्रस्थान गरेका छन् । मंगलवार झापा आएका उनी आज इलामका दुई कार्यक्रममा सहभागी भएर झापा फर्किने कार्यक्रम रहेको छ । अध्यक्ष माङ्सेवुङस्थित किराँत धर्मको आस्था मानिने लारुम्बा प्रस्थान भएका हुन् । झापाको बिर्तामोडस्थित होटल सिद्धार्थ बसेका उनी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित नेताहरु लिएर […]

जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जिम्बाब्बे ‘ए’ विरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल.

काठमाडौं । जिम्बाब्बे ‘ए’ विरुद्ध टी–२० सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लगि नेपाली टिममा कुनै पनि परिवर्तन गरिएको छैन । जिम्बाब्बे ‘ए’ विरुद्ध पहिलो टी–२० खेल ६ विकेटले हारेको नेपालले दोस्रो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको थियो । […]

आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

Published: in समाज by . Leave a Comment on आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु.

काठमाडौँ । आजबाट रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु हुँदैछ। आज पुल्चोकबाट रथ तान्न सुरु गरिनेछ। रातो मच्छिन्द्रनाथको रथयात्रालाई ललितपुरको सबैभन्दा लामो जात्रा मान्ने गरिन्छ। रथलाई जात्रा अवधिभर ललितपुरको टोल–टोल घुमाउने प्रचलन रहेको छ। सर्वसाधारणले यस जात्रामा आफन्तलाई बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन्। यो जात्रा वैशाख महिनाको शुक्लपक्ष अन्तर्गत प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई […]

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक पुरुष पक्राउ

Published: in समाज by . Leave a Comment on बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक पुरुष पक्राउ.

भोजपुर । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टेम्के मैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्णदेव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय […]