महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य अवस्थामा फर्किएको छ । अज्ञात व्यक्तिले विदेशबाट फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलको ६ ठाउँमा बम राखेको हल्ला फैलाएपछि तनावपूर्ण अवस्थामा रहेको विमानस्थलमा केही नभएको पुष्टि भएपछि करिब एक घण्टापछि अवस्था सामान्य बनेको हो । यद्यपि पूर्व निर्धारित फ्लाइट केही समय पर सरेको छ । अहिले विमानबाट झारिएका यात्रुहरुलाई प्रवेश […]
झापा । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । निर्वाचनमा उम्मेदवारको खर्चको सिलिङ तोकेको आयोगले चुनावी खर्चको अनुगमन गरिरहेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने भनेका छन् । यसरी तोकिएका पदाधिकारीको नाम सहितको […]
झापा । संखुवासभाको मादी मुलखर्क नगरपालिका–३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालककै आमाले देखि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चैनपुरबाट […]
काठमाडौं । गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६ हजार पाँच सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका छन्। जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक लामाले सगरमाथाको क्याम्प–३ मा पुगेर गीत गाएका हुन्। उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ। राजुले आफ्नो सार्वजानिक नै नभएको हिमालले डाक्यो मलाई बोलको नयाँ गीकतको प्रस्तुति दिएका […]
काठमाण्डौ । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापित शेरबहादुर देउवाले आज मङ्गलवार केसी र खड्कालाई पार्टी प्रवेश गराउनुभएको हो । यस्तै अर्का कलाकार रवीन्द्र खड्कालाई पनि सभापित देउवाले पार्टी प्रवेश गराउनुभएको छ । अहिले उनीहरूको जिम्मेवारीको बारेमा केही बताइएको छैन ।
काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई विदेशमा ब्यान्डविथ आयात गरेबापतको शुल्क भुक्तानीका लागि डलरको सटही सुविधा दिने भएको छ । योसँगै इन्टरनेट सेवा प्रदायकहरुले घोषणा गरेअनुसार आगामी सातादेखि इन्टरनेटमा अवरोध नगर्ने भएका छन् । सरकारले बेरुजुको कारण देखाएर सटही सुविधा रोक्दा नेपालमा इन्टरनेट ब्यान्डविथ बेच्दै आएका भारत टाटा र एयरटेल कम्पनीबाट आपूर्ति रोक्न सक्ने चेतावनी […]
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति आउन १० दिनमात्रै बाँकी छ । तर यतिबेलासम्म पनि निर्वाचन आयोगको वेभसाइटमा देशभरका उम्मेदवारको नामावली, पद र दल उल्लेख गरी उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छैन । आयोगले उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको मिति वैशाख १६ गतेलाई तोकेको थियो । सोही दिन आयोगले अन्तिम नामावलीको सूची निर्वाचन अधिकृतको कार्यालयमा […]
झापा । सोलुखुम्बुको नेलेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ । हिजो (सोमबार) राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनाव प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो । झडपमा काँग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
काठमाडौँ । साताको तेस्रो दिन आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक हजारले घटेर ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।