झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गृहजिल्ला झापाका चारवटा चुनावीसभालाई सम्बोधन गर्न कार्यक्रम तय भएको छ। चन्द्रगढी उत्रिए लगत्तै उनले भद्रपुर नगरपालिकाको ज्ञानेचोकमा आयोजित सभालाई ११ः३० मा सम्बोधन गर्ने छन् । एमाले झापाका प्रचार विभाग प्रमुख गोपाल काफ्लेका अनुसार दिउँसो १ः३० बजे हल्दिबारी गाउँपालिकाको गोलधाप, दिउँसो ३ बजे मेचीनगर नगरपालिकाको धुलाबारी र […]
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार गुजरात टाइटन्स र पन्जाब किङ्गस खेल्दै छन् । खेल बेलुका पौने ८ बजे मुम्बईमा हुनेछ । गुजरात नौ खेलमा आठमा जितसहित १६ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा पन्जाब चारमा जितसहित आठ अङ्कका साथ तालिकाको आठौँ स्थानमा छ । गए राति भएको खेलमा […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई […]
काठमाण्डौ । १९ वर्षमुनिको महिला विश्व कप क्रिकेट छनोटका लागि नेपाली महिला टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले अर्को महिना मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्व कप एसिया क्षेत्र छनोटका लागि दोस्रो चरणमा हिजो सोमवार १८ सदस्सीय टोलीको घोषणा गरेको हो । क्यानले यसअघि ४४ सदस्यीय टोली बोलाएको थियो । अर्को वर्ष […]
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति […]
काठमाण्डौ । हप्ताको पहिलो कारोबार दिन आज सोमवार शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ । आज नेप्से ४८ दशमलव ७३ अङ्कले घटेर दुई हजार तीन सय सात दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले घटेको […]
काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको अब मापदण्ड […]
काठमाण्डौ । अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै एक सय ६० प्रतिशतले बढेको छ । यस वर्षको अप्रिल महिनामा ५८ हजार तीन सय ४८ जना विदेशी पर्यटक आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए। यस वर्ष नेपाल आउने पर्यटकमा २२ हजार चार सय ७७ जना भारतीय नागरिक छन् भने […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको छ । हिजो तोलाको ९९ सय हजार रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार २०० रुपैयाँमा झरेको छ । सुनको भाउ हिजो तोलामा २०० रुपैयाँले घटेर ९९ सय हजार रुपैयाँ कायम भएको थियो । हिजो कायम भएको भाउमा आज फेरि आठ सय रुपैयाँले घटेको हो । […]
काठमाडौं । फिलिपिन्सको राजधानी मनिलानजिकै सयौँ घरमा आगलागी हुँदा ६ बालबालिकासहित ८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे लागेको आगलागीमा ८० भन्दा बढी घर जलेका छन् । क्युजोन शहरकोे भीडयुक्त बस्तीमा रहेको घरको दोस्रो तल्लामा आगो लागेको थियो । आगलागीको कारण खुलेको छैन । आगो निभाउन करिब […]