धनुषा । नमुना मतपत्रमा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न नरहेको भन्दै स्वतन्त्र उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन् । सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा रहेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारहरु धर्नामा बसेका हुन् । नेपाली काँग्रेसबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा बागी बनेर लडेका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचन कार्यालयबाट चुनाव चिन्ह पाएको दुई दिन […]
काठमाडौं । जिम्बावे ए विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो । नेपाली टिममा एक परपवर्तन गरिएको छ । आरिफ शेखको स्थानमा भीम सार्की पहिलो एघारमा खेल्दैछन् । पहिलो टी–२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले […]
झापा । ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
झापा । मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । आईतवार साँझ साढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक बिराटनगर महानगरपालिका–१६ का रुपक श्रेष्ठको उपचारको क्रममा […]
झापा । लुपसका बिरामीको संख्या बढ्दै जाँदा मिर्गौला फेल हुने, छालाको समस्या हुने, मुटु कलेजो, जोर्नीको समस्याका बिरामीहरू ह्वातै बढेको लुपस नेपालले जनाएको छ। विश्व लुपस महिनाको अवसर पारी लुपस नेपालले आइतबार आयोजना गरेको कार्यक्रममा लुपसका बिरामी संख्या बढ्दै गएको जानकारी दिइएको हो। लुपस एक प्रकारको निको नहुने तर समयमै रोग पहिचान भएमा रोकथाम गर्न […]
विर्तामोड । इस्टर्न एम्पायर कलेज अफ होटल व्यवस्थापनले अब होटल व्यवस्थापन विषयलाई मात्र अध्ययन नगराएर अन्य दुई ओटा विषयलाई समेत थप गरेको आज पत्रकारहरुको भेलामा जानकारी गराएको छ । कलेजका संस्थापक आलोक कार्किले अहिले सम्म इस्टर्न एम्पायर कलेजमा होटल व्यवस्थापन मात्र अध्ययन हुने भनेर चिनिन्थ्यो तर अब व्यापार अध्ययन र कम्प्युटर विज्ञान विषयमा पनि अध्ययन […]
झापा । १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आइतबार विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । अन्तर्राष्ट्रिष्य श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। नेपाल […]
काठमाडौं । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९ रहेको छ । हाल देशभर […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको छ । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन । तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ […]
काठमाडौं । अब शुक्रबार पनि सेयर बजार खुला गर्ने तयारी सुरु भएको छ । अहिले आइतबारदेखि बिहीबारसम्म सेयर बजार खुला हुने गरेको थियो । शुक्रबार र शनिबार भने सेयर बजार बन्द हुने गरेको थियो । सरकारले आगामी १ जेठदेखि लागू हुने गरी शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि नेपाल स्टक एक्सचेन्जले […]